४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र आन्दोलतरत शिक्षकबीच वार्ता हुँदै, सहमतिको सम्भावना कति ?



अ+ अ-

काठमाडौं । सरकार र २५ दिनदेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकबीच आज वार्ता हुने भएको छ । शिक्षा मन्त्रालयमा बिहान ८ बजेपछि वार्ता हुने छ । यसअघि हिजो हुने भनिएको छलफल सरकार र शिक्षकबीच समन्वय अभाव हुँदा भएको थिएन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी आज शिक्षकहरुसँग वार्ता गर्न लागिएको जानकारी दिएका छन् । विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख गरेको छ ।

यसअघि हिजो दिउँसो ३ बजे हुने भनिएको बार्ता अन्तिम समयमा आएर भाँडिएको थियो । आन्दोलनरत शिक्षक महासंघलाई नसोधी सिंहदरबार गेटमा २५ जनाको नाम मन्त्रालयले पठाएको भन्दै शिक्षकहरू बार्ता नगरी फर्किएका थिए ।

मन्त्रालय आफैँले शिक्षकहरूको बार्ता टोली बनाएर सिंहदरबार प्रवेशको अनुमति नदिएको भन्दै आक्रोशित शिक्षकहरू सिंहदरबार गेटबाट फर्किए पछि हिजो हुने भनिएको बार्ता भाँडिन पुगेको थियो । तर, शिक्षक महासंघले पठाउने आधिकारिक टोलीसँग मन्त्रालयले वार्ता गर्न तयार भए पछि आज बिहान बार्ता हुन लागेको हो ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघ २५ दिनदेखि शैक्षिक हड्ताल सहित काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएको छ ।

शिक्षकहरुका आन्दोलनका कारण लाखौं विद्यार्थीको पठनपाठन अबरुद्ध भएको छ । कक्षा १२ को परीक्षा सारिएको छ । एसईईको उत्तर पुस्तिका परीक्षण हुन सकेको छैन । शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालयहरु नखुल्दा पठाउन प्रभावित भएको छ । विद्यार्थी भर्नासमेत प्रभावित छ ।

त्यसो त सर्वोच्च अदालतले बिहीबार शिक्षकका संविधानसम्मत माग पूरा गरेर तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ । यसले पनि सरकार र शिक्षकबीचको वार्ता केही सकारात्मक हुने अपेक्षा गरिएको छ ।