२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘दलले केही गरेनन् भन्ने गलत भाष्य हो’



अ+ अ-

रामपुर, (पाल्पा) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताउनुभएको छ । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शुक्रबार उट्घाटन गर्नुहुँदै उहाँले २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमश: अघि बढाउने उहाँले बताउनुभयो ।

फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उहाँले आग्रह गर्नुभयो । दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उहाँले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा ९एमाले०का संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनैतिक स्थायित्वका लागि गठन भएको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताउनुभयो । लुम्बिनी प्रदेश अर्थ, उद्योग तथापर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरको रूपमा रहेको रामपुरको खाने पानी आपूर्तिको लागि सङ्घीय सरकार खाने पानी मन्त्रालय, खाने पानी तथा ढल निकास विभागबाट सहलगानीमा सात हजार धारा सङ्ख्या पुर्‍याउने गरी रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को कुल लगातमा आयोजना २०८२/८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खाने पानी अहिले भूमिगत पानीमा निर्भर रहेको बताउनुभएको छ । काली गण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरणसँगै यहाँका खाने पानीका स्रोतमा प्रत्यक्ष असर पुग्ने भएकाले डाइभर्सन जुनसुकै हालतमा रोक्नु आवश्यक रहेको बताउनुभयो । रासस