१७ असार २०८३, बुधबार
,
Latest
देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला फोहरबाट आम्दानी गर्दै मध्यविन्दु ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व संकलन चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पर्यटक आकर्षित गर्न काँकडभिट्टा नाकामा पर्यटकीय संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिश्रको रिहाइको पहल गरिदिन राप्रपाका प्रवक्ता श्रेष्ठको अपील



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको रिहाइको पहल गरिदिन अपील गरेका छन् ।

प्रवक्ता श्रेष्ठले आज काठमाडौं प्रहरी परिसरमा पुगेर वरिष्ठ उपाध्यक्ष मिश्रलाई आफूहरुले भेटेको र मिश्रले राज्यविरुद्ध कुनै कसुर नगरेको दाबी गरेका छन् । प्रहरीले भने मिश्रविरुद्ध राज्यविरुद्धको अपराध गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गराएको हिंसात्मक प्रदर्शनमा मिश्रको संलग्नता रहेको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रवक्ता श्रेष्ठले मिश्रसँग आज भेटेपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँको शीघ्र रिहाइका लागि आवाज उठाइदिन विभिन्न राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, आमसञ्चारमाध्यमलगायतलाई अपील गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परी प्रहरी हिरासतमा रहनुभएका राप्रपा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रलाई आज पनि काठमाण्डौं प्रहरी परिसर पुगेर भेट्यौं ।

आज पनि उहाँले राज्य विरुद्धको कसुर हुने कुनै काम नगरेको दोहोर्‍याउनु भयो र आफूले न्याय पाउनेमा विश्वस्त देखिनुभयो। उहाँको आत्मविश्वास र आत्मबल उच्च छ ।

उहाँको शीघ्र रिहाइको लागि आवाज उठाइदिन विभिन्न राजनीतिक दल, मानवअधिकारवादी संघसंस्था, आमसञ्चार माध्यम, नागरिक समाज, प्रबुद्ध वर्ग लगायत सबैमा अपील गर्दछु।