४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताउनुभएको छ ।


शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले यस्तो बताउनुभएको हो ।

उहाँले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरु सम्बोधन गरिनुपर्ने समेत बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरुले सहजिकरण गरिदिनुपर्ने बताउनु भयो । उहाँले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरु पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरुलाई सम्झाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरुलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसदबाट पास गरेर कानूनी रुप दिनुपर्छ । शिक्षक साथिहरुले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ । केही समय विधेयक पारित गर्नको लागि लाग्छ । सरकारतर्फबाट वार्ता गरेर अहिले तत्का यी यी कुराहरु गर्न सकिन्छ, यी कुराहरु यसकारण गर्न सकिएन तपाईंहरुले पनि बुझिदिनुप¥यो भनेर समझदारी गरेर कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै सांसद महतले सरकारको ढल्ने कुरामा सत्यता नरहेको बताउनु भयो । सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो ।