१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत

शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताउनुभएको छ ।

।
शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले यस्तो बताउनुभएको हो ।

उहाँले शिक्षकका जायज र राज्यले थेग्नसक्ने मागहरु सम्बोधन गरिनुपर्ने समेत बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन टुंग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरुले सहजिकरण गरिदिनुपर्ने बताउनु भयो । उहाँले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने मागहरु पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरुलाई सम्झाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिक्षकका जायज र राज्यले थेग्नसक्ने हामीले विगतमा प्रतिवद्धता गरेका विषयहरुलाई चाँडोभन्दा चाँडो टुंग्याइदिनुपर्छ । सम्बोधन गर्नुपर्छ । र यो विद्यालय शिक्षा विधेयकलाई छिटोभन्दा छिटो संसदबाट पास गरेर कानूनी रुप दिनुपर्छ । शिक्षक साथिहरुले विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार छ त्यसमा सघाउनुपर्छ । केही समय विधेयक पारित गर्नको लागि लाग्छ । सरकारतर्फबाट वार्ता गरेर अहिले तत्का यी यी कुराहरु गर्न सकिन्छ, यी कुराहरु यसकारण गर्न सकिएन तपाईंहरुले पनि बुझिदिनुप¥यो भनेर समझदारी गरेर कार्यान्वयन गर्ने काम सरकारको तर्फबाट हुन्छ ।’

फरक प्रसङ्गमा बोल्दै सांसद महतले सरकारको ढल्ने कुरामा सत्यता नरहेको बताउनु भयो । सरकार बनेदेखि नै सरकार ढल्ने कुरा भइरहेकै कारण यस विषयमा कुनै सत्यता नरहेको स्पष्ट पार्नुभयो ।