७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु: अध्यक्ष दाहाल



अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताउनुभयो ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौँमा रहेपनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको र यस क्षेत्रको जनप्रतिनिधिका हैसियतले गोर्खाली जनताको समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन÷पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,” उहाँले भन्नुभयो, “अझै दुई साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु । तर, केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो होइन, यहाँको विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास गरिरहेको छु ।”

अध्यक्ष दाहालले भूकम्पको केन्द्रविन्दु बारपाकमा रु २८ करोडको लगानीसहित ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको स्पष्ट गर्नुभयो ।

मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उहाँले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भन्नुभयो, “गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यसतर्फ सचेत र सजग भई इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियावादी र तानाशाही प्रवृत्तिको अन्त्यका लागि सबैसँग अनुरोध गर्दछु ।”