१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु: अध्यक्ष दाहाल

गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु: अध्यक्ष दाहाल
अ अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र गार्खाली जनताको सुखदुःखमा सदैव समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘गोरखा भूकम्प’को केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा आज आयोजित ‘भूकम्प स्मृति दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाको विकास निर्माणको कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयत्न भइरहेको बताउनुभयो ।

गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले काठमाडौँमा रहेपनि गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको र यस क्षेत्रको जनप्रतिनिधिका हैसियतले गोर्खाली जनताको समस्यालाई नजिकबाट नियाली सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“तपाईंहरूसँग गरिएका प्रतिबद्धताअनुसारका सबै काम गर्न सकिएन÷पाइएन भन्ने अनुभूति मलाई पनि भइरहेको छ,” उहाँले भन्नुभयो, “अझै दुई साढे दुई वर्ष बाँकी छ, अबको बाँकी समय गोरखाको विकास निर्माणसहित गोर्खाली जनताको काममा अझ बढी समय दिई खट्ने छु । तर, केही पनि भएन, गरिएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यो होइन, यहाँको विकास निर्माणका कामलाई अगाडि बढाउन सक्दो पहल र प्रयास गरिरहेको छु ।”

अध्यक्ष दाहालले भूकम्पको केन्द्रविन्दु बारपाकमा रु २८ करोडको लगानीसहित ढल निकास परियोजना सुरु भएको र १० करोड रुपैँयाको लगानीमा बृहत् खानेपानीको स्रोत सुनिश्चित भइसकेकाले बारपाकको विकास अघि बढेको स्पष्ट गर्नुभयो ।

मुलुकको राजनीतिक घटनक्रमप्रति इङ्गित गर्दै उहाँले पछिल्ला दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गरी प्राप्त उपलब्धि सिध्याउने खेल भइरहेकाले त्यसविरुद्ध गणतन्त्रधर पक्ष सबै एक भई प्रतिगामी तत्वलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालले भन्नुभयो, “गणतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ, त्यसतर्फ सचेत र सजग भई इतिहासलाई फर्काउन खोज्ने प्रतिक्रियावादी र तानाशाही प्रवृत्तिको अन्त्यका लागि सबैसँग अनुरोध गर्दछु ।”