
काठमाडौँ । नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि बोलाएका हुन् ।
‘शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट आह्वान गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।
विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।
यता, सर्वोच्च अदालतले शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ ।