१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न सक्दैनः महासचिव पोखरेल

कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न सक्दैनः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमजोर राज्यले नागरिकको अधिकार संरक्षण गर्न नसक्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको दोस्रो बैठकलाई शुक्रबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राज्यलाई कमजोर पार्न सुनियोजित प्रचार गरिएको बताउनुभयो । यसले राज्य र नागरिकका बिचमा द्वन्द्व सिर्जना गरेको उहाँको धारणा छ । ‘लोकतन्त्रलाई राज्यलाई बलियो बनाउने र बलियो राज्यका मध्यमबाट नागरिकलाई बलियो बनाउने कुराको पैरवी गर्नु पर्दछ’, उहाँले भन्नुभयो ।

आमसञ्चार माध्यमले हरेक घटनालाई राज्य र नागरिकका बिच गहिरो सम्बन्ध कायम गर्ने कोणबाट विश्लेषण गर्नु पर्ने उहाँको धारणा छ । समाचारले समाजलाई सकारात्मक प्रभाव पार्नु पर्नेमा उहाँले जोड दिनुभयो । नकारात्मक समाचारले समाजलाई गलत दिशा तर्फ लैजाने उहाँको धारणा छ । ‘ नकारात्मक समाचारलाई समाजलाई गलत दिशा तर्फ लैजान्छ, कस्तो समाज निर्माण गर्ने भन्ने सन्दर्भमा सोचेर हामीले समाचार सम्प्रेषण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले पत्रकार सधैँ सिर्जनात्मक हुनु पर्ने बताउनुभयो । त्यसो भएन भने पत्रकार नसुनिने र नदेखिन पात्र बन्ने पोखरेलको धारणा छ । ‘ पत्रकार समाजमा देखिने र सुनिने बन्नु पर्दछ, निर्णायक क्षणमा पार्टी र राष्ट्रको पक्षमा आफ्नो सामर्थ्य देखाउनु पर्दछ’, पोखरेलले भन्नुभयो ।
सूचनामा बल हुने बताउँदै उहाँले यसको लागि बलियो नेटवर्क हुनु पर्ने बताउनुभयो । पोखरेलले प्रेस चौतारी नेपाललाई बलियो नेटवर्क बनाउन आग्रह गर्नुभयो ।

नेपाल राष्ट्रलाई कमजोर बनाउन बाहिरबाट लगानी गर्नेहरूबाट नेपालमा स्वघोषित विद्वानहरू परिचालित भएका उहाँले बताउनुभयो । नेपालमा धेरै बाह्य लगानीबाट हुने रिसर्चहरू प्रायोजित र देशलाई कमजोर बनाउने खालका हुने उहाँको धारणा छ । ‘के देखाउने भन्ने कुराको आधारमा रिसर्च हुने गर्दछ, त्यसले हाम्रो समाजलाई विसङ्गति तर्फ लैजान्छ’, उहाँले भन्नुभयो ।

नेपालका सबै सूचनामा पत्रकाररतको पहुँच भयो भने कुन चिज प्रायोजित हो र कुन वास्तविक हो भन्ने कुरा सार्वजनिक हुने उहाँको भनाई छ । उहाँले पत्रकारलाई आफ्नै सूचनाको जगमा उभिन आग्रह गर्नुभयो ।

अहिले एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दी भएको उहाँले बताउनुभयो । त्यो घेराबन्दी एमालेले नराम्रो काम गरेको कारण वा कामको नराम्रो परिणाम आएको कारण नभएको उहाँले प्रष्ट पार्नुभयो । एमालले विकास र समृद्धि तथा राष्ट्र हितको पक्षमा काम गरेको कारण विकास विरोधीले घेराबन्दी गरेको उहाँको धारणा छ । ‘यो मुलुकमा विकासको सपना देख्ने, रणनीतिक ठुला विकास परियोजनाको काम गर्ने पार्टी नेकपा एमाले हो’, उहाँले भन्नुभयो ।

लोकप्रियवादले समाजलाई दुर्घटना तर्फ लैजाने उहाँले बताउनुभयो । यसले देशलाई विकास र समृद्धि दिन नसक्ने उहाँको धारणा छ । लोकप्रियवाद समस्याको समाधान नभएको उहाँले स्पष्ट पार्नुभयो । त्यही कुरा एमालेले भन्दा एमाले विरुद्ध कुण्ठा र आक्रोश पोख्ने काम भइरहेको उहाँले बताउनुभयो । ‘जसले जे अनुचित सपना देखेका थिए, त्यसको बाधक एमाले बनेको छ, त्यसैले एमाले माथि प्रहार भइरहेको छ’, उहाँले भन्नुभयो ।

समाजलाई भ्रमबाट मुक्त गराउने र सत्य कुरा प्रवाह गर्ने काम पत्रकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसमा विकास भएको नकारात्मक भावनालाई चिर्न पत्रकारले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सूचना र प्रविधिको गलत प्रयोगले समाजलाई गलत दिशा तर्फ लगेको बताउँदै उहाँले त्यसबाट देशलाई सही बाटोमा ल्याउने सामर्थ्य नेकपा एमालेले मात्रै राख्ने उहाँले दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिको खुमलटारमा जारी बैठकले २०८२ साललाई संगठनको प्रशिक्षण वर्ष घोषणा गरेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता जारी बैठकमा नेकपा एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, वरिष्ठ नेता विश्वमणि सुवेदी लगायत सहभागी हुनुहुन्छ ।