६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव पोखरेलको आह्वान– अदालतको आदेशअनुसार शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाऔं



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले दिएको आदेशअनुसार आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन आह्वान गर्नुभएको छ ।

एमाले महासचिव पोखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै अदालतले दिएको आदेशको मूल पक्ष विद्यालय र परीक्षा समयमै सञ्चालन गर्नुभएको बताउनुभयो । यसका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले के लेख्नुभएको छ त ?

सर्वोच्च अदालतले वालवालिकाको भविष्यका वारेमा गम्भीर चिन्ता गर्दै निर्देशनात्मक आदेश दिएछ । कतिपय शिक्षक नेताहरु उक्त आदेस सरकारका लागि हो भनेर तर्क गरिरहनु भएको छ । हो आदेस त सरकारलाई हो । तर चिन्ता विद्यालय वन्द भएको कुरा प्रति हो । त्यसमाथि सरकार र राजनीतिक दलले विद्यालय शिक्षा ऐन यस अधिवेशनवाट जारी गर्दछौ भन्दा पनि लिएर मात्र जाने हठ गर्ने शिक्षक नेताहरुको हठका विरुद्धमा हो । अव हठ त्यागेर अनौपचारिक रुपमा भएको सहमतिलाई औपचारिकता दिएर शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार गरौ ।

उक्त आदेस पछि सरकारका लागि अदालतको आदेसको कार्यान्वयन गर्नु पर्ने वाध्यता उत्पन्न भएकोछ । उक्त आदेसको मुल पक्ष विद्यालय र परिक्षा समयमै संचालन गर्नु हो । सबै पक्ष जिम्मेवार बनौ ।