९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री

युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ–प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवस नेपालीको ठुलो चाड र खुसीको दिन भएको बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले बैशाख ११ निरङ्कुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताउनुभयो । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने उहाँको धारणा छ ।

निरङ्कुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उहाँले बताउनुभयो । त्यसका विरुद्ध अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाउनुभयो । अब देश युवाले बनाउनु पर्ने उहाँको भनाइ छ ।

अहिले जनताको बलिदान र सङ्घर्षको अपमाना गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेका उहाँले बताउनुभयो । सामन्ती व्यवस्थालाई पुन फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको ओलीले सुनाउनुभयो । ‘जङ्गली मात्र होइन राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ’, ओलीले भन्नुभयो ।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेका उहाँले बताउनुभयो । केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देश भरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै उहाँले यसमा सचेत हुनु पर्ने बताउनुभयो ।

यी सबै कुरालाई बुझेर युवा सही बाटोमा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘अबको समय देशमा युवाको समय हो’, ओलीले भन्नुभयो ।
लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उहाँले त्यसबाट देश केही समय अलमलमा परेको बताउनुभयो । अब भ्रममा होइन स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो ।

ओलीले प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नु पर्ने बताउनुभयो । ‘युवाले देश बनाउने सङ्कल्प गर्नुपर्दछ, सङ्कल्पलाई साकार पार्नुपर्दछ’, उहाँले भन्नुभयो ।

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्त्वहरू एमाले विरुद्ध खनिएका उहाँले बताउनुभयो । त्यस्ता शक्तिले एमाले विरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उहाँको भनाइ छ ।

नेकपा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको उहाँले बताउनुभयो । सरकार तिर होइन चुनाव तिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो । एमालेका युवालाई मिसन २०८४ मा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मिसन २०८४ नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसन भएको उहाँले बताउनुभयो । सोही अभियान मार्फत देश बन्ने र बनाउने उहाँले दाबी गर्नुभयो ।

देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्त्वसँग सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो । समाजलाई विभाजन गर्ने तत्त्वसँग सचेत भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्, महान् नेपालका नेपाली युवा त्यस अनुसार अघि बढ्ने छन्, यसको नेतृत्व नेकपा एमालेले बाटो नबिराई गर्ने छ, गर्न सक्छ’, ओलीले भन्नुभयो ।