२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको छ– महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्नुभयो । ‘तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

देशमा राजनीतिक अस्थिरता हुँदा राष्ट्र निर्माणले गति लिन नसकेको बताउँदै उहाँले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति बनाउन आवश्यक रहेको बताउनुभयो । त्यो अभिभारा नेकपा एमालेले पुरा गर्न सक्ने उहाँको धारणा छ । ‘युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ, युवाको भविष्य सुरक्षित गर्दछ’, उहाँले भन्नुभयो ।

उहाँले आउने बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने उहाँले जानकारी दिनुभयो । वर्तमान प्रधानमन्त्रीको युवा प्रतिको अगाध स्नेह रहेको उहाँको भनाइ छ ।

नेकपा एमाले देश र विकासको पक्षमा उभिएको कारण एमाले माथि आक्रमण भएको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम अहिले धमाधम अघि बढेका उहाँले दाबी गर्नुभयो ।

एमालेलाई शिक्षक र कर्मचारी विरोधी भनेर प्रचार गर्न खोजिएको प्रति पनि उहाँले आपत्ति जनाउनुभयो । जनताको पक्षमा काम गर्ने माथि भरोसा गर्न उहाँले आग्रह गर्नुभयो ।

देशका दुई ठुला पार्टी मिलेर अहिले दशलाई अघि बढाउने प्रयत्न गरिरहेका बताउँदै उहाँले अहिले दुईवटा पार्टी मिलेकाले धेरे ऐनहरू अघि बढाएका बताउनुभयो । ‘हरेकले विश्वास र भरोसा गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।

आजको कार्यक्रमले युवा राजनीतिबाट विमुख हुँदै छन् भन्ने भ्रमलाई चिरेको उहाँले बताउनुभयो । देश भरका युवाहरू नयाँ आशा र उत्साह लिएर गाउँ फर्कनु पर्ने उहाँको धारणा छ ।

उहाँले नेपाल राष्ट्र युवाको राष्ट्र भएको बताउनुभयो । श्रम गर्न सक्ने लाखौँ लाख युवा नेपालमा भएको उहाँले प्रष्ट पार्नुभयो । कर्मजीवी युवामा आशा र विश्वास सञ्चार गरेर समृद्ध राष्ट्र सुखी नेपालीको आकाङ्क्षा पुरा गर्न अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले बैशाख ११ हिंसाको राजनीतिबाट देश शान्ति प्रक्रियाबाट अघि बढेको दिन, राजतन्त्रकोले जनता सामु घुँडा टेकेको दिन भएको उहाँले बताउनुभयो । त्यसैले यो दिनको विशेष महत्त्व भएको उहाँले प्रष्ट पार्नुभयो ।

युवाको काँधमा नेपाली जनतालाई खुसी बनाउने जिम्मेवारी आएको उहाँले बताउनुभयो । राष्ट्रलाई कमजोर बनाउन चाहने शक्तिहरूलाई पराजित गर्दै नेपाली युवा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।