६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टन्ट गरेर, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउन योजना अनुरूप काम गर्नुपर्छः सुनिता डङ्गोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले नेपाली युवा सकारात्मक ऊर्जा र राष्ट्रिय भावनाले ओतप्रोत भएका बताउनुभएको छ ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै डङ्गोलले नेपाली युवा सबैभन्दा माथि राष्ट्र भनेर एकजुट भएका बताउनुभयो । ‘जब जब युवा एकजुट हुन्छन् तब तब असम्भव भनिएका कुरालाई सम्भव बनाउँछन्, सफलता उनीहरूले नै पाउँछन्, जसले कहिल्यै हार मान्दैन’, उहाँले भन्नु भन्नुभयो ।

अहिले एमाले माथि चौतर्फी आक्रमण भइरहेको बताउँदै उहाँले जति आक्रमण भए पनि विचलित नहुने दाबी गर्नुभयो । आफूले गरेको राम्रो काम देख्न नसक्नेहरूले आफू माथि निरन्तर आक्रमण गरिरहेका उहाँले बताउनुभयो । ‘विकासका काम गर्ने माथि आक्रमण गर्नेहरू राष्ट्र विरोधी तत्त्वहरू हुन्’, उहाँले भन्नुभयो ।

नेपाली युवाले काम गर्न सक्छ भन्ने कुरा आफूले विश्व सामु प्रस्तुत गरेको उहाँले दाबी गर्नुभयो । आफूले गरेको कामले धेरैलाई पोलेको र उनीहरू आफू माथि निरन्तर आक्रमणमा लागि रहेका उहाँले स्पष्ट पार्नुभयो । ‘म रोकिन्न, म रोकिने मान्छे होइन, म मेरो सहर र मेरो देशको लागि काम गरिरहन्छु’, उहाँले भन्नुभयो ।

एमाले अध्यक्ष केपी ओली पनि राष्ट्रवादी र काम गर्ने मान्छे भएको कारण उहाँ माथि आक्रमण भइरहेको उहाँले बताउनुभयो । भूकम्पले थिलथिलो भएको देशलाई उठाउने केपी ओलीलाई सम्मान गर्नुको बदला राष्ट्र विरोधीहरूले विभिन्न आरोप लगाउने गरेको उहाँको भनाइ छ ।

युवाले सही र गलत छुट्याउनु पर्ने उहाँले बताउनुभयो । युवाले हरेक कुरालाई रचनात्मक हिसाबले विश्लेषण गर्नुपर्ने बताउनुभयो । सत्य के हो भनेर हेर्ने र खोज्ने मानिस मात्र युवा हुने उहाँको धारणा छ । मानिस उमेरले मात्र युवा हुने होइन सोच र कामले युवा हुने बताउनुभयो ।

एमालेले कसैको घर लुट्न नसिकाउने उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा भाँडभैलो मच्चाउन नसिकाउने उहाँले प्रष्ट पार्नुभयो । ‘एमालेले युवालाई दश नङ्ग्रा खियाउन सिकाउँछ, त्यस कारण म एमालेमा छु’, डङ्गोलले भन्नुभयो । जसले सपना देख्छ उसैले काम गर्ने पनि उहाँले बताउनुभयो । एमाले सपना देख्ने पार्टी भएको उहाँको धारणा छ । ‘स्टन्ट गरेर देश बन्दैन, अरूलाई गाली गरेर देश बन्दैन, देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, योजना बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेका युवाहरू समस्याबाट भाग्ने युवा नभएका उहाँले बताउनुभयो । समस्यासँग जुधेर समाधान खोज्नुपर्ने उहाँको धारणा छ ।