९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै

नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै
अ अ+ अ-

काठमाडौँ । शुक्रपथबाट वंघ (इन्द्र चोक) हुँदै भेडासिंहतर्फ लाग्दा पहिलो चोक (भेडासिंह चोक)मा पुनःनिर्माण भइरहेको मन्दिर नवःदेग (भवानी शंकर मन्दिर) हो । यो काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ । मन्दिर प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको अभिलेखमा उल्लेख छ । त्यस बेलाका शक्तिशाली महामन्त्री देवीदास चिकुथिले मन्दिर निर्माण गराएका थिए । यो मन्दिर त्यतिबेलाको अग्लो, कलात्मक र प्रभावशाली संरचना थियो ।

४ तहको पेटीमाथि निर्माण भएको मन्दिरको मुख्य द्वार पश्चिम फर्र्किएको छ । निर्माणका समयमा यो तले शैलीको थियो । वि. सं १९९० साल (सन् १९३४) को भूकम्पमा भत्किनु अघिसम्म पनि यो तीनतलाको तले शैलीकै थियो । भूकम्पले भत्किएको मन्दिर पुननिर्माण गर्ने क्रममा शैली परिवर्तन गरेर तले शैलीको तल्लो तला कायम राखेर त्यसमाथि गुम्बज शैली थपिएको थियो ।

२०७२ सालको भूकम्पले जीर्ण भएको मन्दिरको वास्तु गुम्बज शैलीको थियो । पश्चिमबाट पूर्वतर्फ फर्किएर मन्दिरको मुख्य द्वारसम्म पुग्ने गरी ढुङ्गाका सिँढी छन् । गर्भगृहमा भवानीशङ्कर शिवलिङ्गलाई केन्द्रमा राखेर पञ्चायन देवताहरु गणेश, सूर्य, नारायण र महालक्ष्मीका मूर्तिहरूलाई भित्ताहरूमा स्थापना गरिएका छन् ।

मन्दिर पुननिर्माणको लागत ५ करोड ३५ लाख ८० हजार रुपैयाँ हो । २०८२ फागुन ४ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पुननिर्माण भइरहेको छ । पुननिर्माणका लागि २०८१ साल भदौ २ गते कार्यादेश दिइएको हो ।

‘मौलिक स्वरुप पुनःस्थापनाले सामाजिक सद्भावलाई पूर्ववत् आत्मीय बनाउँदै लगेको छ । सहरको प्राचीन परिचय पुनःस्थापित हुँदैछ ।’ वडा २५ का अध्यक्ष राजेश डंगोल सम्पदा पुननिर्माणका विषयमा जानकारी दिँदै भन्नुहुन्छ, ‘असनबाट त्यौड जाने मार्गमा ज्वालामाइ अजिमा र मच्छिन्द्रबहालको महास्नान गर्ने स्थान पुनःनिर्माण सुरु हुन लागेको छ । असनबाट न्याकन्तल आउँदा हाकुबहालमा रहेको हर्ष चैत्य महाविहार पुननिर्माण गर्ने योजना छ ।’ उहाँले वाङ्गेमुढामा रहेका निजी गुठीसँग सम्बन्धित पाटीसहितका संरचना आगामी वर्षमा पुननिर्माण योजना सुनाउनुभयो ।

मन्दिर स्थापना कालको अभिलेख

अभिलेखअनुसार नेपाल संवत ७९५ (सन् १६७५) मा चौतारा देवीदास अर्थात चिकुटिले यो मन्दिरको निर्माण गर्न लगाएका हुन् । खोरतमका ३ भाइ छोरामध्ये उनी कान्छा थिए । उनको घर वंघल अर्थात इन्द्रचोकमा थियो । प्रताप मल्ल राजा हुँदा उनी प्रधानमन्त्री थिए । मन्दिरमा भएको शिलालेखमा भवानी शङ्करलाई खुसी पारेर आफ्नो प्रभावशाली व्यक्तित्व र शक्ति कायम राख्न मन्दिर निर्माण गराएको प्रसङ्ग उल्लेख छ । ब्राह्मण र माग्न आउनेलाई दिनदिनै चामल बाँड्नका लागि सय रोपनी जग्गा गुठी राखेको विवरण उल्लेख छ । तत्कालीन समयमा दैनिक दानका लागि सय रोपनी जग्गा आयस्थाका लागि राख्न सक्ने भन्नु उनी धनी थिए । धार्मिक थिए भन्ने हो ।

मन्दिरको पुरानो शिलालेखमा ४९ पङ्क्तिको विवरण छ । यसमध्येका २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ । बाँकी पङ्तिमा मन्दिर सञ्चालन, नित्य पूजा र आरती सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

राजा पार्थिवेन्द्र मल्लको हत्या आरोपमा ने. सं. ८०७ (सन् १६८७) मा चिकुटि मारिएका थिए । ब्राह्मण पुजारीमार्फत मन्दिरको नित्य पूजा भइरहेकोमा करिब वि. सं. २०५० सालतिरबाट व्राह्मणहरु पूजाका लागि आउन छोडेपछि किलाघः का दर्शन परिवारले मन्दिरको सफाइ र दैनिक पूजा गर्न थाले । यसअघि दर्शन परिवारले मन्दिर र परिसर सरसफाइको काम गर्दै आएका थिए । मन्दिरमा साउन महिनाभरि, हरेक महिनाको पहिलो दिन, पूर्णिमाको दिन र महाशिवरात्रीमा विशेष पूजा गर्ने चलन छ ।

मल्लकालीन नवःदेग: मौलिक प्यागोडा शैलीको ३ तले स्वरुपमा पुनःनिर्माण हुँदै

शुक्रपथबाट वंघ (इन्द्र चोक) हुँदै भेडासिंहतर्फ लाग्दा पहिलो चोकमा पुनःनिर्माण भइरहेको मन्दिर नवःदेग (भवानी शंकर मन्दिर) हो । यो काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ मा पर्छ । मन्दिर प्रताप मल्लका पालामा सन् १६७५ ताका निर्माण भएको अभिलेखमा उल्लेख छ । त्यस बेलाका शक्तिशाली महामन्त्री देवीदास चिकुथिले मन्दिर निर्माण गराएका थिए । यो मन्दिर त्यतिबेलाको अग्लो, कलात्मक र प्रभावशाली संरचना थियो ।

मन्दिरको पुरानो शिलालेखमा ४९ पङ्क्तिको विवरण छ । यसमध्येका २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ । बाँकी पङ्तिमा मन्दिर सञ्चालन, नित्य पूजा र आरती सम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा हुन्छ । प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमाको दिन र महाशिवरात्रीमा विशेष पूजा गर्ने चलन छ ।

वडा नं. २५ को असनबाट त्यौड जाने मार्गमा ज्वालामाइ अजिमा, मच्छिन्द्रबहालको महास्नान गर्ने स्थान पुनःनिर्माण सुरु हुन लागेको छ । असनबाट न्याकन्तल आउँदा हाकुबहालमा रहेको हर्ष चैत्य महाविहार, वडाध्यक्ष राजेश डंगोलको जानकारी दिनुभयो ।

इन्द्रचोकबाट नघलतर्फ लाग्दा भेडासिंह टोलमा

काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनःनिर्माणको चरणमा रहेको छ। कुल ५ करोड ३५ लाख ८ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम २-८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ। यो मन्दिर पुनर्निर्माणको लागि २-८१ साल भाद्र २ गते कार्यादेश दिइएको थियो।

पुरानो गौरव, वास्तुकला र आस्थालाई समेट्दै, नव देग मन्दिर अहिले आधुनिक स्वरूपमा पुनर्जीवित हुँदैछ। यस मन्दिरबाट राजधानीको सांस्कृतिक र धार्मिक इतिहास अझ जीवन्त हुने अपेक्षा गरिएको छ।

पूर्खाको सिपयुक्त गौरवमा अङ्कित काष्ठकला, मूर्तिकला, वास्तुकला र सामाजिक सहअस्तित्वको संगम हो । मौलिक स्वरुपमा पुनर्जीवित भइरहेको नव देगले काठमाडौँको इतिहासलाई पुस्तान्तरणमा योगदान गर्नेछ । दृश्यात्मक मनमोहकतालाई कायम राख्नेछ । यस्ता अद्वितीय सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धनमा सहकार्य गरौँ ।