१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विभिन्न स्रोतबाट प्रश्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताउनु भयो । उहाँले उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिनुभयो । पूर्वअर्थमन्त्री महतले जनसङ्ख्या, पर्यटन र उत्पादनलाई प्राथमिकता दिए त्यसले परिणाम पनि राम्रो निकाल्ने र रोजगारीमा पनि मद्दत पुग्न विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “जुन हामी आयोजनाहरू प्रस्तावित गर्छौ, त्यसलाई घटाउनुप¥यो, त्यसमा कैँची लगाउनुप¥यो । जसबाट परिणाम तथा प्रतिफल केही देखिने अवस्था देखिँदैन, त्यस्ता आयोजनाहरू जुन प्राथमिकता नभएका आयोजनाहरू छन्, विभिन्न स्रोतबाट प्रस्तावित तथा माग भएका आएका छन् तर त्यसले खासै उत्पादनमा मद्दत गर्दैन, मोबिलिटीमा मद्दत गर्दैन ।

त्यस्ता आयोजनाहरू जुन सडक आयोजनामा धेरै छ, त्यसलाई हामीले घटाउनुप¥यो । जहाँ जनसङ्ख्याको घनत्व धेरै छ, पर्यटनको सम्भावना बढी छ र उत्पादनको पकेट हुनसक्छ, त्यसलाई फोकस गरेर कनेक्टिभिटी बजेट फुल्ली फण्डेड गर्नुप¥यो । त्यो भने परिणाम आउन थाल्छ । त्यसले रोजगारीलाई पनि मद्दत पुग्छ, मोबिलिटीलाई पनि मद्दत पुग्छ ।”

उहाँले प्रतिफललाई प्राथमिकता दिएर आयोजना प्रश्तावित गरिए मात्रै त्यसले राम्रो प्रभाव पार्ने बताउनु भयो ।