काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २० जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।
यसअघि २६ चैतमा थप गरिएको म्याद आज बुधबार सकिने भएपछि मिश्रसहित २० जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।
तीनकुने घटना भएको दिन चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई सोपछि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।
उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै थुना मुक्त गरेको छ ।
प्रहरीले उनीहरुलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।










