१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ

भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरुको तपोभूमि भएपनि सरकारले प्रचार गर्न नसकेको बताउनुभएको छ ।

मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिनुभएको तर नेपालकै प्रधानमन्त्रीहरुले चासो नदिने गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालका धामहरुको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरु भित्र्याउन सकिने बताउनु भयो ।

पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरु आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उहाँको भनाइ छ । नेपालको धार्मिक स्थलहरुको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड ९भारत० तातेर अर्थ नरहने बताउनु भयो । उहाँले सरकारले भारतीय सेनामा नेपालीहरुलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरुमा नेपालीहरु सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गर्नुभयो ।

उपसभापति गुरुङले भन्नुभयो, ‘हामीले भारतीय सेनामा भर्ती रोक्यौँ । तर मान्छेले खोज्दै जाँदा बाँच्नका लागि कतिसम्म गर्छ भन्नेकुरा त युक्रेन र रसियाको युद्धमा नेपालीहरु भर्ती भएर हाृमिएको कथा र व्यथा सुन्दा पनि त हामीलाई स्पष्ट हुन्छ नि । हामी नेपालीहरुले अभावमा आफूलाई बाच्नका लागि कहाँसम्म पु¥याउने गर्दछौँ भन्नेकुरा । भुमिका खोज्दै गर्दा पहिला आफ्नो भुमिकाको पहिचान गर्ने की छिमेकीको भुमिका खोज्ने हो रु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथमा आएर पूजा गर्नुहुन्छ, तर हामी त्यही पशुपतिनाथको जलहरिको विषयमा झगडा गरिरहेका हुन्छौँ ।

हामीले आस्था जगायौँ की अनास्था फैल्यायौँ । भारतीय प्रधानमन्त्री पशुपतिनाथमा मात्र नभइ जानकीधाममा पनि आउनुभएको छ । मुक्तिनाथ धाममा गएर पूजा गर्नुहुन्छ, लुम्बिनीमा गएर घण्टौँ ध्यान गर्नुहुन्छ । तर हाम्रो प्रधानमन्त्रीले ध्यान गरेको कुरा कहिल्यै सुन्नुभएको छ । कहिल्यै समाचारमा आएको छ / ताप्के नतातिएपछि बिँड तातिनुपर्छ भन्नेकुरा कहाँको हो यो । ताप्के तातिनुपर्यो नि त हामी । झन्डै डेढ अर्ब जनसंख्या भएको भारतमा बहुसंख्यक छन् । हिन्दु धर्मका लागि नेपाल तपोभूमि हो । तपोभूमिको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कहिले पशुपति, कहिले मुक्तिनाथ धाम, कहिले लुम्बिनी, कहिले जानकीधाममा देखिनुहुन्छ, तर हामी कहाँ छौँ रु ’

उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले केही नगर्ने र अरुले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने बताउनु भयो । उहाँले नेतृत्वमा बसेकाहरुले आफ्नो भुमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गर्नुभयो ।