१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अप्रिलको पलेँटीमा संगीता प्रधान



अ+ अ-

काठमाडौं: सन् २००५ देखि सञ्चालनमा आएको सांगीतिक पलेँटीमा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो खेप गीत सुनाएकी संगीताले अप्रिल २५ र २६ मा गीत गाउने भएकी हुन् ।

 संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय संगीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयालठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।

 १८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता निक्कै उत्साहित देखिन्छिन् । उनी भन्छिन्, पलेँटीमा एकल गायन लिएर लामो समयपछि उत्रँदै छुम उत्साहित छु । पलेँटीका श्रोतादर्शकसँग बेलाबखत परिचित हुने मौका पाएकाले यस मञ्चले मलाई सधैँ आनन्दित बनाउँछ । खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म ‘नोस्टाल्जिक‘ बन्ने गर्छु ।

 २० वर्षदेखि पलेँटीको संयोजन गर्दै आएका संगीतकार आभासले संगीताले गाउने केही ठुमरीमा सहकार्य गरेका छन् । आभास भन्छन्, ‘यो पलेँटीमा शास्त्रीय संगीत अथवा क्लासिकल र सेमी- क्लासिकलको मिश्रण हुनेछ । खयाल र ठुमरीको भाषा भने नेपाली नै हुनेछ । मैले संगीता प्रधानको अनुरोधमा केही ठुमरीलाई नेपालीकरण गरेको छु ।

 संगीता प्रधान नेपाली संगीतमा लामो समयदेखि क्रियाशील कण्ठ-शिल्पी हुन् । विश्वभारती विश्वविद्यालय शान्तिनिकेतनबाट शास्त्रीय संगीतको औपचारिक अध्ययन गरेकी उनले आधुनिक र फिल्मी गायनमा पनि छुट्टै पहिचान बनाएकी छिन् ।

 पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजालरत्नशमशेर थापामञ्जुलनिर्मोही व्यास, आरती नेवामन्जित तामाङआभासका शब्दहरूलाई गुन्जाउनेछिन् । ती शब्दहरूमा धुन अग्रज संगीतकार नातिकाजीशन्ति ठटालमानवीर सिंहः गुरुदेव कामतअमृत गुरुङ र आभासले भरेका छन् ।

 पलेँटी अंग्रेजी महिनाको अन्तिम सप्ताहान्तमा आयोजना हुन्छ ।