१२ श्रावण २०८३, मंगलवार
,
Latest
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सूचना प्राविधि पूर्वाधारको पहिलो सर्त’



मुख्यमन्त्री कँडेल सुर्खेत, ९ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मङ्गबार ‘डिजिटल कर्णाली कन्क्लेभ २५’ को उदघाटन सत्रमा धारणा राख्नुहुँदै । तस्बिरः सुरेश आचार्य÷रासस
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बदलिँदो विश्वमा सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त भएको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेशनको संयुक्त आयोजनामा यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’ मा अहिलेको समाजमा सूचना प्रविधिको पहुँच र उपलब्धता भएकाहरू नै शक्तिशाली भएको उल्लेख गर्दै नेपालमा पनि सोहीअनुसार पूर्वाधार विकासको खाँचो औँल्याउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “ हुन त हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै शक्तिशाली बन्दै गइरहेको छ । बेलायतले संसारभर कब्जा जमाउँदा उसको प्रमुख अस्त्र सूचना र प्रविधि नै थियो । सूचना र प्रविधिकै कारण अहिले अमेरिका विश्वशक्तिका रूपमा स्थापित भएको हो । हाम्रै छिमेकी भारत र चीन पनि सूचना प्रविधिको विकासबाटै शक्तिराष्ट्र बनेका हुन् । त्यसैले ग सूचना तथा प्रविधिलाई आत्मसात् गर्दैै अगाडि बढौँ ।”

इन्टरनेटको सहज पहुँचसँगै आमनागरिकको जीवनशैली सहज बन्दै गएको र यसको उपयोग सार्वजनिक निकाय, निजी व्यवसायदेखि हरेक क्षेत्रमा अपरिहार्य भएको भन्दै उहाँले कर्णालीमा ब्रोडब्यान्ड, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर अवस्थामा रहेकाले यसमा ध्यान दिइने बताउनुभयो ।