८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सूचना प्राविधि पूर्वाधारको पहिलो सर्त’



मुख्यमन्त्री कँडेल सुर्खेत, ९ वैशाखः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा मङ्गबार ‘डिजिटल कर्णाली कन्क्लेभ २५’ को उदघाटन सत्रमा धारणा राख्नुहुँदै । तस्बिरः सुरेश आचार्य÷रासस
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बदलिँदो विश्वमा सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त भएको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेशनको संयुक्त आयोजनामा यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’ मा अहिलेको समाजमा सूचना प्रविधिको पहुँच र उपलब्धता भएकाहरू नै शक्तिशाली भएको उल्लेख गर्दै नेपालमा पनि सोहीअनुसार पूर्वाधार विकासको खाँचो औँल्याउनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “ हुन त हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि छ, ऊ नै शक्तिशाली बन्दै गइरहेको छ । बेलायतले संसारभर कब्जा जमाउँदा उसको प्रमुख अस्त्र सूचना र प्रविधि नै थियो । सूचना र प्रविधिकै कारण अहिले अमेरिका विश्वशक्तिका रूपमा स्थापित भएको हो । हाम्रै छिमेकी भारत र चीन पनि सूचना प्रविधिको विकासबाटै शक्तिराष्ट्र बनेका हुन् । त्यसैले ग सूचना तथा प्रविधिलाई आत्मसात् गर्दैै अगाडि बढौँ ।”

इन्टरनेटको सहज पहुँचसँगै आमनागरिकको जीवनशैली सहज बन्दै गएको र यसको उपयोग सार्वजनिक निकाय, निजी व्यवसायदेखि हरेक क्षेत्रमा अपरिहार्य भएको भन्दै उहाँले कर्णालीमा ब्रोडब्यान्ड, मोबाइल टावर, नियमित बिजुली अझै धेरै स्थानमा कमजोर अवस्थामा रहेकाले यसमा ध्यान दिइने बताउनुभयो ।