८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्रीले राजीनामा दिनुभयो, सञ्चारमाध्यमले ममाथि योजनावद्ध रुपमा आक्रमण गरेः प्रधानमन्त्री ओली



प्रधानमन्त्री ओली काठमाडौँ, ९ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनावद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईले सोमवार राजीनामा दिनुभएको थियो । स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित हुनुभएको हो ।

उहाँले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूहबिरुद्ध किन आक्रमण भन्दै प्रश्न गर्नुभयो । सबै सञ्चारमाध्यहरुले आफ्नो बिरुद्धमा प्रश्ताव राखेर पारित नै गरेर झैँ आक्रमण गरिरहेको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले केही नयाँ राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भयो । आफ्नो राजीनमा हेर्ने मन भए १५ महिना पर्खिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी सुशासन र विकासको बाटोमा अघि बढेका छौँ । सजिलो छैन । धेरैतिर बिग्रिएको छ । बिग्रिएकोलाई सच्याएर अघि बढ्न, सपारेर अघि बढ्न सजिलो छैन । त्यही अफ्ठ्यारो काम हामी गरिरहेका छौँ । गर्न खोजिरहेका छौँ । हामीले सरकारको नेतृत्व जिम्मा लिँदा अर्थतन्त्र अस्तव्यस्त अवस्थामा थियो । हामीले आरोलो लाग्दो अवस्थाबाट ब्रेक हान्दै हान्दै हान्दै ल्याएर यो वर्षभरमा हामी ठिक ठाउँमा लैजान्छौँ । आरोलो लाग्ने क्रमलाई रोकेर अब सकारात्मक बाटोमा फर्काउन नयाँ बजेट ल्याउँदैछौँ ।

नयाँ नीति कार्यक्रम ल्याउँदैछौँ । अब हल्ला एक जना मन्त्रीले राजीनामा दिनुभयो भन्ने । खुब प्रचार भएको छ । किन दिनुभयो रे भन्दा प्रधानमन्त्रीले बसिखानै दिएन रे । मैले बनाएको मन्त्री, मैले काम लगाइरहेको छु, सहयोग गरिरहेको छु, सिकाइरहेको छु । उहाँले अस्ति भर्खर पनि अप्रेसन गर्नुभयो, स्वास्थ्य पनि ठिक भएन । धेरै ठूलो मन्त्रालय छ शिक्षा मन्त्रालय । सजिलो पनि छैन । त्यसो भएर उहाँले । उहाँले स्वास्थ्यको कारण देखाउनुभएको छ । स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नु भएन भने त्यो सबै आजको अखबार हेर्नुपर्छ ।

सबैको हेडलाइन मेरा बिरुद्ध छ । यो त कस्तो भने आश्चर्यको पनि अनौठो आश्चर्य लाग्छ । यस्तो दुश्मनी के कारणले हो । सबैले एक ठाउँ बसेर सल्लाह गरेर लेखे जस्तै गर्दछन् । सल्लाह गरेर । मानि लिऔँ, प्रश्ताव राखेर पारित नै गरेर यही लेख्ने भनेर लेखेको जस्तै सबैको टेलिफोन संवाद भएर योजनावद्ध ढंगले लेखेका छन् । आजका पेपरहरुका हेडलाइन हेर्नुस् । सबैका ।

सरकारले असहयोग गरेर कोही कोही ठाउँमा लेखेका होलान् । नत्र भने प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदबाट । धेरैलाई लागेको छ । कोही कोही नयाँ शक्तिहरुले त भनेछन् पनि । शिक्षामन्त्रीको राजीनामा आयो, प्रधानमन्त्रीको आउनुपर्दथ्यो । प्रधानमन्त्रीको राजीनामा मैले भन्ने गरेको छु त १५ म्हिनापछि आउँछ भनेर । हाम्रो सहमति नै छ नेपाली काँग्रेससँग १५ महिनापछि मैले राजीनामा गर्दछु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । स्पष्टै छ त यसमा १५ मनिा पर्ख न मेरो राजीनामा हेर्ने मन छ भने । पर्ख । पर्ख । १५ महिना पर्ख ।’

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा अघि बढेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रलाई सही दिशामा लैजान नयाँ बजेट ल्याउन लागेको बताउनु भयो ।