६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिनू, गम्भीर परिणाम भोग्नुपर्लाः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूका समस्यालाई हल्का रूपमा नलिन सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले हजारौँ शिक्षकहरू सडकमा हुँदा पनि सरकारले शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर नभएको आरोप लगाउनु भयो । उहाँले शिक्षकका माग सम्बोधन गर्नुपर्नेमा प्रधानमन्त्रीले नै शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने काम गर्नु लाजमर्दो भएको बताउनु भयो । उहाँले देशभरका लाखौँ शिक्षक र विद्यालयहरू सङ्कटमा रहँदा पनि सरकारले त्यसको सम्बोधनमा तत्परता र सक्रियता नदेखाउनु दुःखद् भएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हजारौँ/लाखौँ शिक्षकहरू सडकमा छन्, ती शिक्षकहरूको समस्याको समाधानप्रति गम्भीर हुनुको सट्टा सरकार र सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने र हप्काउने बाहेक केही पनि गर्नुभएको छैन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ ? लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन् । त्यसलाई समाधान गर्न तत्परता र सक्रियताका साथ वार्ता गर्ने र प्रतिफल निकाल्नुको सट्टा सरकार प्रमुख नै शिक्षकहरूलाई अपमानित गर्ने लाजमर्दो स्थिति देखिएको छ ।”

अध्यक्ष दाहालले शिक्षकहरूलाई अपमान गर्न बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर विधेयकलाई सदनमा पु¥याएको बताउँदै उपसमितिमा छलफलमा रहेको विधेयकलाई टुङ्ग्याउन सरकारको खबरदारी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले शिक्षकहरूलाई अपमान बन्द गरेर तुरुन्तै घनिभुत तरिकाले वार्ता संवाद गरेर हल गर्न कोशिस गरोस् । शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो, मैले धेरै मिहिनेत गरेर विधेयकलाई सदनमा पु¥याएको छु । उपसमितिमा छलफलमा छ । त्यसलाई टुङ्ग्याउने विषयमा शिक्षकहरूसँग बसेर किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिँदैछ ? म शिक्षकलाई गम्भीर रूपमा ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छु , हल्का रूपमा शिक्षकहरूको समस्यालाई नलियोस् ।’

उहाँले शिक्षकहरूसहित चिकित्सकहरू, नर्सहरू, लघुवित्त पीडितहरू महिनौँदेखि सडक आन्दोलनमा उत्रिएको बताउँदै उनीहरूका मागलाई तत्काल सम्बोधन नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभयो ।