२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर दुई हजार छ सय ८८ दशमलव ३२ को विन्दुमा कायम भएको हो ।

आज ३१९ कम्पनीको दुई करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ७९, उत्पादन तथा प्रशोधन समूह एक दशमलव १८ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ४४ अर्ब ६० करोड ३७ लाख ९४६ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनएमबी सुलभ इन्टेष्टमेन्ट फन्ड–२ को १८ लाख १७ हजार १७५ कित्ता शेयर किनबेच भएको छ ।