८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहमाथि प्रधानमन्त्रीको आरोपः टेलिफोनको तार काटेर लगेका थिए, अझै फिर्ता गरेका छैनन्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार अहिलेसम्म फिर्ता नगर्नुभएको आरोप लगाउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेस्र्याएको र टेलिफोनको तार समेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको आरोप लगाउनु भयो ।

उहाँले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै उहाँले विगतमा फालिसकेको र सयौँ  वर्ष देशलाई अन्धकारमा राखि जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु फेरि सल्बलाएको बताउनु भयो । उहाँले फेरि प्रतिगमन गरेर आउने आँट कस्तो होला रु भन्दै प्रश्न समेत गर्नुभयो ।

पूर्वराजाप्रति लक्षित गर्दै उहाँले २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने रु भन्दै प्रश्न गर्नुभयो । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने ? महाराजधिराज भएर बस्ने रु हामीलाई हुकुम दिने रु प्रधानमन्त्री ओलीको प्रश्न छ । चैत्र १५ गते पैसा तिरेका गुण्डाहरु शहर ल्याएर उपद्रो मच्चाएको आरोप लगाउनु भयो । टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि प्रधानमन्त्रीको भनाइ छ । नेकपा एमाले जस्तो शक्तिको गर्जन नपुगेर सल्बलाएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब नयाँ पनि देखिए । फेरि हामीले फालिसकेका सयौँ  वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरु अहिले फेरि प्रतिक्रियावादी शक्तिहरु फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन् । कत्रो आँट होला । २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे । २१ औं शताब्दीमा श्रीपेच लगाएर । महाराजधिराज भएर । हामीलाई हुकुम दिने अरे । जनतालाई । जनता भन्दा माथि, संविधान भन्दा माथि । देश भन्दा माथि । अलिक अफ्ठ्यारो प¥यो भने १५ गते यिनीहरु नाङ्गिए । अलिक अफ्ठ्यारो प¥यो भने हामीले खोजेको त संवैधानिक राजतन्त्र । संविधान नमान्ने, कानून नमान्ने । लोकतन्त्र नमान्ने । खोज्ने के संवैधानिक अरे ।

संविधान नमानेर संवैधानिक खोज्ने । जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने, जनताले ल्याएको लोकतन्त्र नमान्ने, जनताको प्रणाली नमान्ने, जनताको सार्वभौम सत्ता नमान्ने । जनताको सर्वोच्चता नमान्ने, जनता शक्तिका श्रोत हुन् भनेर नमान्ने । अनि जनताको चाहना अनुसार । अनि पैसा तिरेका चार वटा गुण्डा शहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, तोडफोड गर्न लगाएर, पार्टी कार्यालयहरु, व्यक्तिका घरहरु तोडफोड गर्न लगाएर, व्यापार बिजनेसमा आक्रमण गरेर । अनि देश धेरै बिग्रियो, हामी सपार्न आउँछौँ, मलाई साथ देउ न । म अगाडि बढ्छु । आह्वान गर्ने । हामीले देखेका छैनौँ, अस्ति ०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा ।

हामी सबैलाई थुनेर । टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो । कस्तो मूर्ख होला । लाइन काटेपछि त सकियो नि । तार अहिलेसम्म फिर्ता गरेका छैनन्, ज्ञानेन्द्र शाहले । कहाँ लग्या हो कहाँ लग्या हो । अनि फेरि चाहियो राजतन्त्र । यो भुलभुलैयामा नपरौँ । यस्ताहरु हाम्रो सुदृढ एकता र हाम्रो एमाले जस्तो गर्जन नपुगेर यिनीहरु सल्बलाउन थालेका हुन् । के नयाँ शक्ति भनेको छ, नयाँ शक्तिको तमासा अब देखिएन ।

कोही पुलिस कुल्चिएर गाडी गुटुटु चलाएर लिएर जान्छन्, पागल हो की सद्दे हो की रु मान्छे मार्न, राज्यको ड्युटिमा उभिएको प्रहरीमाथि मार्न गाडी लिएर जाने रु हामी सही राखेका छौँ । यिनीहरुको प्रोबोकिङलाई, प्रोबोकेसनलाई हामी सहिराखेका छौँ । तर सहनुको एउटा हद हुन्छ भन्नेकुरा जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ, तब सहने कुराको हद हुन्छ भन्नेकुरा म चेतावनी पनि भन्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्नेकुरा सह्य नहुने चेतावनी दिनुभयो ।