६ भाद्र २०८३, शनिबार
,
Latest
इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दलहरू माथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देश भित्रै रहेर लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको पोखरेलले बताउनुभयो ।

विभिन्न घटनाबाट पाठ सिकेर नेपालको लोकतान्त्रिक आन्दोलन अघि बढेको उहाँले बताउनुभयो । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, उहाँले भन्नुभयो ।

संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको उहाँले बताउनुभयो । पोखरेलले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सोही प्रतिबद्धता अनुसार नेकपा एमाले अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

यतिबेला राजावादीको नाममा पूर्वमण्डलेहरुले आक्रमण गरिरहेका बताउँदै त्यसलाई उजागर गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो ।