५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालको कम्युनिष्ट आन्दोलनले लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दलहरू माथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देश भित्रै रहेर लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गराउनुभयो । नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको पोखरेलले बताउनुभयो ।

विभिन्न घटनाबाट पाठ सिकेर नेपालको लोकतान्त्रिक आन्दोलन अघि बढेको उहाँले बताउनुभयो । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, उहाँले भन्नुभयो ।

संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको उहाँले बताउनुभयो । पोखरेलले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको उहाँले स्पष्ट पार्नुभयो ।

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सोही प्रतिबद्धता अनुसार नेकपा एमाले अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

यतिबेला राजावादीको नाममा पूर्वमण्डलेहरुले आक्रमण गरिरहेका बताउँदै त्यसलाई उजागर गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो ।