९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा
अ अ+ अ-

एजेन्सी । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम मङ्गलबार समाप्त हुने क्रममा छ । यद्यपि सहायता समूहहरू र अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले राहत प्रयासहरूलाई सहज बनाउन यसको विस्तारका लागि आह्वान गरेका छन् ।

सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो । भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरी धेरै पक्षीय गृहयुद्ध सुरु गरेको थियो ।

द्वन्द्व अनुगमनकर्ताहरू र लडाइँ क्षेत्रका बासिन्दाहरूका अनुसार म्यान्माको मध्य भागमा सहायता वितरणलाई प्रोत्साहित गर्न घोषणा गरिएको २० दिने युद्धविरामको अवधिमा दुवै पक्षबाट लडाइँ जारी रहेको छ । युद्धविराम मध्यरातमा (१७३० जिएमटी) समाप्त हुँदैछ ।

मङ्गलबार बिहान राज्य सञ्चार माध्यमले युद्धविरामको विस्तारका बारेमा कुनै जानकारी दिएको छैन र एएफपीले जुन्ताका प्रवक्तासँग तत्काल सम्पर्क गर्न सकेको छैन ।

संयुक्त राष्ट्रसङ्घका अनुसार मार्च २८ को भूकम्पले ६० हजारभन्दा बढी मानिसलाई पाल शिविरहरूमा बस्न बाध्य पारेको छ र २० लाख मानिसलाई ‘सहायता र सुरक्षाको गम्भीर आवश्यकता’ मा धकेलेको छ ।

निरन्तर लडाइँका बावजुद मानवीय समूहहरू र क्षेत्रीय शक्तिहरूले सहायता प्रयासहरू चौथो हप्तामा प्रवेश गर्दा युद्धविरामलाई लम्ब्याउन आह्वान गरेका छन् ।

बिहीबार जुन्ता प्रमुख मिन अङ्ग ह्लाइङ्ग १० देशको आसियान ब्लकका अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग दुर्लभ पर्दापछाडिको वार्ताका लागि बैंकक प्रस्थान गर्नुभएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ ९आसियान० को अध्यक्षता गरिरहेको मलेसियाका प्रधानमन्त्री अनवरले म्यान्माको विपक्षी ‘राष्ट्रिय एकता सरकार’ सँग पनि कुरा गरेको र उक्त समूहले भूकम्पपछि त्यस्तै युद्धविरामको वाचा गरेको बताउनुभयो ।

बैठकपछि पत्रकारहरूलाई अनवरले भन्नुभयो, “दुवै पक्षले लडाइँको विस्तारलाई रोक्न आवश्यक सबै कुरा गर्ने सहमति जनाएका छन् ।”