काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
उनमाथि काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको छ ।










