६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी



file photo
अ+ अ-

काठमाडौँ । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ ।

यसैबीच प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो । स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको छ । प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।

प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो । उनले होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप लागेको छ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।