६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी



file photo
अ+ अ-

काठमाडौँ । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनीमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोप छ ।

यसैबीच प्रसाईंविरूद्ध सिआइबीमा अर्को निवेदन परेको हो । स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेको छ । प्रसाईंविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ।

प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकले पत्राचार गरेको हो । उनले होटल, अस्पताल, व्यवसाय विभिन्न नाममा अर्बौंको ऋणलाई दुरूपयोग गरेको आरोप लागेको छ । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।