२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज प्रतितोला १२०० रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुनको उच्च मूल्य तोलामा एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।