१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज प्रतितोला १२०० रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । यसअघि बिहीबार सुनको उच्च मूल्य तोलामा एक लाख ९० हजार छ सय रुपैयाँ कायम भएको थियो ।

आइतबार सुनको मूल्य तोलामा एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।