९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास

गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा र विश्व स्वास्थ्य सङ्गठन, ‘द प्याण्डामिक फण्ड’को आर्थिक प्राविधिक सहयोगमा पोखरामा सञ्चालित अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकाससम्बन्धी दुईदिने कार्यशाला आइतबार सम्पन्न भएको छ ।

कार्यशालाा गण्डकी प्रदेशअन्तर्गतका १२ स्याटेलाइट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको सहभागिता रहेको थियो । ती अस्पतालमा बुर्तिबाङ अस्पताल, बागलुङ, प्रादेशिक अस्पताल मुस्ताङ जोमसोम, दमौली अस्पताल, तनहुँ, प्रदेश अस्पताल पुतलीबजार, स्याङ्जा, लमजुङ जिल्ला अस्पताल, लमजुङ,प्रादेशिक अस्पताल बेनी, प्रादेशिक अस्पताल चामे मनाङ, प्रदेश अस्पताल कुस्मा, पर्वत,आमपिपल अस्पताल, गोरखा, मध्यविन्दु प्रादेशिक अस्पताल नवलपुर, मातृ शिशु मितेरी प्रादेशिक अस्पताल कास्की,प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल कास्की रहेका थिए ।

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा ‘हस्पिटल सेफ्टी इनडेक्स प्लस एप’ प्रयोग गरेर आफ्ना अस्पतालको ‘एचडिपिआरपी’ विकास गरेका थिए । सहभागीलाई जनस्वास्थ्य आपत्काल अवस्थाहरूको लागि समन्वय र सञ्चार, ‘एचइओसी’ सञ्जाल, हब तथा स्याटलाइट अस्पताल सञ्जाललगायतका विषयमा विस्तृत जानकारी गराइएको थियो । सहभागीले विकास गरिएका एचडिपिआरपि योजना परीक्षण गर्नका लागि ‘टेबलटप’ अभ्यास पनि गरेका थिए ।

यी योजनाहरू अब प्रत्येक अस्पतालमा लागू गरिने र कर्मचारीहरूलाई अद्यावधिक गरेर प्रभावकारी कार्यान्वयनको लागि मद्दत पु¥याइने तथा यसले तयारीमा सुधार ल्याउने जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा उहाँले स्वास्थ्य आपतकालीन अवस्थालाई सम्बोधन गर्न पूर्व तयारी गरिएको जानकारी दिनुभयो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ प्रशिक्षक डा विकल श्रेष्ठ र डा सुवाष न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।