६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा सेलिब्रेसन कार्यक्रमको तयारीमा जुट्यो एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमाले बैशाख ११ गते हुने लोकतन्त्र दिवसको तयारीमा जुटेको छ ।

लोकतन्त्र दिवसको अवसरमा एमालेले काठमाडौंको भृकुटी मण्डपमा जनताले जितेको दिन युवा सेलिब्रेसन कार्यक्रम गर्दै छ । सो दिन पार्टी र जनसंगठन आबद्ध युवाको उल्लेख्य सहभागिता जनाउने गरी कार्यक्रम गर्न आवश्यक तयारीमा लागिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

कार्यक्रम सहिजिकरणको नेतृत्व गरिरहनुभएका ढुङ्गेलले सेलिब्रेसनलाई सफल बनाउन पार्टीबाट काठमाडौंमा निर्वाचन जितेको जनप्रतिनिधिको भेला भएको जानकारी दिनुभयो ।

आजै जनसंगठनका केन्द्रीय पदाधिकारीको भेला पनि राखिएको छ । आज पार्टीको सम्पर्क, समन्वय कमिटीसँग बैठक पनि आयोजना गरिएको ढुङ्गेलले जानकारी दिनुभयो ।

बैशाख ११ लाई विशेष उत्सवको रूपमा मनाउन नेकपा एमालेले युवा सहभागिताको आह्वान गरेको छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसै गरी युवा लक्षित विभिन्न कार्यक्रम र कन्सर्ट आयोजना गरिने भएको छ ।