२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार महिनामा तीन सय शिक्षक निष्कासित



अ+ अ-

काठमाडौं । निजी विद्यालयमा कार्यरत करिब ३ सय शिक्षक निष्कासित भएका छन् । कोभिड–१९ का कारण सरकारले चैत ६ गतेबाट विद्यालय बन्द गर्ने निर्णय गरेसँगै यति धेरै संख्यामा शिक्षक निष्कासित भएका हुन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयको संगठन प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सञ्चालन गरेका विद्यालयबाट समेत शिक्षक निष्कासित गरेको जानकारी दिनुभयो ।

इस्टुले देशैभरका निजी विद्यालयमा कार्यरत शिक्षकको अवस्थाबारे जानकारी लिने क्रममा करिब ३ सय शिक्षक निष्कासित भएको तथ्याङ्क संकलन गरेको हो । अध्यक्ष थापाका अनुसार सबैभन्दा बढी काठमाडौंमा शिक्षक निष्कासित भएका छन् ।

काठमाडौमा २६ जना शिक्षक निष्कासित भएको जानकारी दिँदै यो संख्या अझै बढी हुन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार ललितपुरमा २१, झापामा १०, मोरङमा ११, सुनसरीमा ९, सप्तरीमा १२, चितवनमा ६, बाँकेमा १७, सुर्खेतमा ४, लमजुङमा १० जना शिक्षक निष्कासित भएका छन् । इस्टुले निष्कासित शिक्षकलाई तत्काल काममा लगाउन विद्यालयलाई दबाब दिएको छ ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयमा विद्यार्थी नै आउने कि नआउने अनिश्चित भइरहेको बेला केही दिनका लागि शिक्षकलाई बिदा दिनु ठूलो विषय नभएको बताउनुभयो । विद्यालय नै बन्द गर्ने अवस्था आएपछि शिक्षक र कर्मचारीलाई राखिरहनु औचित्यहीन देखिएकाले केही दिनका लागि बिदा दिएको हुन सक्ने उहाँको भनाइ छ । तर इस्टुले भनेजस्तो शिक्षकहरु निष्कासित नगरेको उहाँको दाबी छ ।

सरकारले विद्यार्थी भर्ना शुरु गर्ने र अनलाइन कक्षाको शुल्क लिने विषयमा निर्णय नगरेसम्म समस्या समाधान हुन नसक्ने देखिएको छ । यस्तै अवस्था भए अधिकांश साना स्कुल बन्द हुने अवस्थामा रहेको निजी विद्यालय सञ्चालकको आँकलन छ ।

यस्तो अवस्थामा परिथितिमा अनलाइन कक्षा सञ्चालन गरिरहेको अवस्थामा शिक्षकलाई हटाएर विद्यालयको गम्भीर गल्ती गरेको बताउँदै इस्टुका अध्यक्ष थापाले हटाइएका शिक्षकलाई तत्काल पुनर्बहाली नगरे आन्दोलनमा जानुको विकल्प नभएको तर्क राख्नुभयो । भन्नुभयो– ‘केही विद्यालयले त पढाइरहेका शिक्षकलाई हटाएर गम्भीर अपराध गरेका छन् ।’

तथ्याङ्कअनुसार लमजुङमा १०, पर्सामा १३, कञ्चनपुरमा ६, भक्तपुरमा ५, रुपन्देहीमा ११, भोजपुरमा ९, सिन्धुलीमा ६, अर्धाखाँचीमा १३ शिक्षकलाई हटाइएको छ ।

प्याब्सन महासचिवकुमार घिमिरेले गएको चैत महिनासम्म करारमा जागिर खाएका, सम्झौता मिति सकिएका र विद्यालयले धान्नै नसक्ने भएपछि हटाएको हुन सक्ने दाबी गर्नुभयो । भन्नुभयो– ‘इस्टु, प्याब्सन, एन प्याब्सनबीच भएको वार्तामा यस्तो अवस्थामा शिक्षक र कर्मचारी नहटाउने सहमति भएको थियो ।’
यसैबीच विश्व शिक्षक संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर शिक्षकको जीवन रक्षा गर्न र जागिरबाट नहटाउन आग्रह गरेको छ ।

दुई संस्थाले साउन १ गतेदेखि निजी विद्यालयका शिक्षक र कर्मचारीलाई बेतलबी बिदा दिने घोषणा गरेको थियो । लगत्तै इस्टुले आन्दोलन गर्ने चेतावनी दिएपछि प्याब्सन र एन प्याब्सन आबद्ध विद्यालयले शिक्षक र कर्मचारी नहटाउने सहमति गरेका थिए ।

विगत चार महिनादेखि तलब नदिई काममा लगाउने र बिनाजानकारी हटाउने काम गर्नु विद्यालयको गलत कार्य भएको इस्टुको आरोप छ । अनलाइन कक्षा सञ्चालन भए पनि अधिकांश शिक्षकले चैतदेखिको तलब पाएका छैनन् ।

सरकारले शुल्क लिने बाटो नखोलेसम्म समस्या झन् बढेर जाने निजी विद्यालय सञ्चालकको भनाइ छ । प्याब्सन अध्यक्ष टीकाराम पुरीले सरकारको गलत निर्णयको कारण गम्भीर समस्यामा परेको बताउनुभयो । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना, तथ्याङ्क संकलन र अत्यावश्यक परीक्षा सञलन गर्न दिने निर्णय गरेको थियो । तर अनलाइन कक्षा सञ्चालन गर्दा मासिक शुल्क लिने विषयमा निर्णय गरेको छैन ।

अध्यक्ष पुरीले भन्नुभयो– ‘शिक्षा मन्त्रालयको गलत निर्णयको कारण सयौं विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्, शुल्क लिने विषयमा ठोस निर्णय नगरेसम्म समस्या समाधान हुन कठिन छ ।’

उहाँले अहिले कुनै पनि विद्यालयले शिक्षक र कर्मचारीलाई नहटाएको दाबी गर्दै सरकारले विद्यालय नै बन्द गर्ने अवस्था सिर्जना गरे प्याब्सन र एन प्याब्सनले अप्रिय निर्णय लिन बाध्य हुने चेताबनी दिनुभयो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।