६ श्रावण २०८३, बुधबार
,
Latest
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा एमसिसीमा सहयोगको बात



अ+ अ-

काठमाडौं । बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि सभामुख अग्नी सापकोटाले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’

यसपछि प्रधानमन्त्रीले भने, ‘उसोभए संसदमा टेबुल भइसकेको कुरा किन अघि बढेन त…?’ बल्ल अग्नीले कुरा बुझे, एमसिसीको ।

‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुपर्यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौँ । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने ।

यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन गरिएन । तपाईंलाई सहयोग त गर्ने, तर केमा गर्ने ?’ प्रधानमन्त्रीले फेरि कुरा दोहोर्याए, ‘एमसिसीमा ।’

अर्कातिर, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीहरूले सभामुखले बिजनेश दिनै नसकेर संसद स्थगित भएको टिप्पणी गरेकोबारे अग्नीको गुनासो छ । ‘संसदलाइ बिजनेश दिने सभामुखले हो कि सरकारले ?’, उनको प्रश्न थियो ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।