२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.64

Wind: 1.54

Humidity: 76

Latest
‘संविधानले आमाका नाममा नागरिकता दिने बाटो खोले पनि निर्देशिकाले रोक्यो’ थाइल्याण्डमा अलपत्र परेका २० नेपालीलाई स्वदेश फर्काइयो ‘राष्ट्रियताका लागि गोर्खा समुदायको योगदान महत्त्वपूर्ण छ’ ‘कृषि मन्त्रालयले अघि सारेका कार्यक्रमबाट उत्पादन बढेको छ’ आगलागीबाट तीन जना घाइते वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबीच भेटवार्ता भूठानले ल्यायो कागजको खोस्टो ग्लोबल आइएमई बैंकले महिलालाई १० करोड रुपैयाँसम्मको कर्जा दिने अवैध आप्रवासन रोक्न प्रतिबद्ध: अमेरिकी दूतावासको सन्देश नेपालीलाई सतर्क रहन आग्रह एमाले मोरङ अधिवेशन: अध्यक्षमा अजम्बर राई निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पाटे बाघको संख्या दोब्बर हुुँदै



अ+ अ-

काठमाडौँ । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।

नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ ।

गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो । त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।

सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियोे । जसअनुसार नेपाल सबै मुलुकमध्ये लक्ष्य नजिक रहेको पहिलो मुलुक बन्ने दाबी बाघविज्ञ डा। चिरञ्जीवी पोखरेल गर्नुहुन्छ । उहाँका अनुसार पाटे बाघ पाइने १३ मुलुकमध्ये कतिपयमा बाघ संरक्षणको पहल नभएको पाइएको छ । नेपाल, भारत, बङ्गलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा हाल लक्ष्यउन्मुख छ ।

चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनामलगायतका देशमा बाघको सङ्ख्या उभो लाग्न सकेको छैन ।

विश्वमा कम्तीमा चार हजार पाटे बाघ रहेको अनुमान छ । हालसम्म भएका अध्ययन अनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । पारिस्थितिक प्रणालीको मुख्य चर बाघ हो । यो रहे मात्र अन्य वन्यजन्तु रहने भएकाले पाटे बाघको वृद्धि जरुरी रहेको पोखरेलले बताउनुभयो । बाघ वनकै सुन्दर वन्यजन्तु हो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।