काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटारमा छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।
तीन नेताबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










