१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित

सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित
अ अ+ अ-

काठमाडौँ । सरकारको वार्षिक बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाउँदा उद्योगी/व्यवसायीहरूको मनोबल घटेको उनीहरूले बताएका हुन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घले आयोजना गरेको ‘बजेट र औद्योगिक विकास’ विषयक सार्वजनिक–निजी संवाद कार्यक्रम कार्यक्रममा सरोकारवालाहरूले सरकारले बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। प्रकाशकुमार श्रेष्ठले बजेटमा नयाँ—नयाँ कुराहरू समावेश गरिए पनि कार्यान्वयन भने फितलो भएको बताउनु भयो । उहाँले बजेट कार्यान्वयन फितलो हुँदा यसले नीजि क्षेत्रको मनोबलका घट्नुका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभाव पारेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “बजेट तयारी गर्दा छलफल हुन्छ । धेरै नयाँ–नयाँ आइडियाहरू आउँछ । नयाँ नयाँ आइडीहरूले इम्प्रेसन पार्न सकिन्छ कि भनेर राख्यो, त्यसको कार्यान्वयन नै हुँदैन ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सामान्य त्रुटीहरू पनि ठूलो बनाउने प्रवृत्ति उद्योगहरू आइपीओमा जान नमानेको बताउनु भयो । उहाँले आइपीओमा जाने प्रक्रियाहरू लामो र खर्चिलो भएको जिकिर गर्नुभयो । उहाँले पहिलोपटक आइपीओमा जाँदा केही त्रुटीहरू देखिए त्यसलाई ठूलो बनाउने र मिडिया ट्रायलका कारणले पनि व्यवसायीहरूको त्यसतर्फ ध्यान नगएको हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “उत्पादनमूलक उद्योगहरू आइपीओमा किन गएनन् रु यहाँहरूको कत्तिको हेर्नुभएको छ, आइपीओमा जाने प्रक्रियाहरू कति लामो छ । त्यसको लागत कति ठूलो छ । आज २५ करोड, ५० करोड, ६० करोडको पनि आइपिओ जारी हुने कम्तीमा दुई–साढे दुई करोड त खर्च लाग्छ । सेजनसँग हेर्नुहोला, कति खर्च लाग्छ, कति समय लाग्छ भनेर । धेरै उद्योगहरू छन् जसले आवेदन दिइएको दुई–तीन वर्ष भइसक्यो अगाडी बढेको छैन । कतिपय कुराहरू पहिलो चोटि हुँदा त्यसमा त्रुटिहरू हुन सक्छन् । त्यसलाई हामीले यति ठुलो बनाइदिन्छौ कि बरबादै भयो भनेर । मिडिया ट्रायलका कारणले पनि आइपीओमा किन जाने भन्ने व्यवसायीहरूको सोच हुनसक्छ ।”

नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारुले आजको दिनमा उद्योगी र लगानीकर्ताहरूमा निराशा छाएको बताउनु भयो । उहाँले नेपालमा सम्भावना धेरै भएपनि त्यसको उपभोग हुन नसकेको बताउनु भयो । उहाँले समस्याहरूको पहिचान गरेर जरैदेखि उन्मुलन गर्नुपर्ने आजको आवश्यकता रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष मारुले भन्नुभयो, “आजको दिनमा उद्योगीहरू, लगानीकर्ताहरूमा निराशा छाएको छ । हाम्रो मुलुकमा सम्भावना धेरै छ । हाम्रो देश सम्भावनाले भरिपूर्ण देश हो । समस्याहरूको पहिचान गरेर जरैदेखि उन्मुलन गर्नुपर्ने आवश्यकता देखेको छु ।”

पूर्वसचिव कृष्ण ज्ञवालीले प्रक्रियागत जटिलताहरूलाई सरकारले सम्बोधन गर्न नसकेको बताउनु भयो । उहाँले प्रक्रियालाई सरलीकरण गराउने भनिए पनि त्यो अनुसार काम नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रक्रियागत झन्झट कस्तो भयो भने विधिको शासनमा विधिलाई नमानी नहुने । विधिको शासन मान्दा खेरी हामीले जटिलताहरूलाई सम्बोधन गर्न नसकेकै हो । प्रक्रियालाई सरलीकरण गराउने भनिए पनि त्यो हुन सकेको छैन । प्रक्रियागत हुने झन्झटलाई कम गर्न लाग्नुप¥यो ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रक्रियागत सरलीकरणको लागि कानूनी र प्रणालीमा पनि सुधार गरिएको बताउनु भयो । उहाँले सबै संयन्त्रहरूलाई सक्रिय बनाएर निजी क्षेत्रको निरन्तर प्रतिक्रिया लिने र समन्वयमा काम गर्नेगरी लागिरहेको दाबी गर्नुभयो । मन्त्रालयले बजेट खर्चमा नीतिगत समन्वय गर्ने र व्यापारमा भएका अवरोधहरू हटाउन लागिरहेको उहाँले बताउनु भयो ।

सचिव राउतले भन्नुभयो, “उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नीति क्षेत्रको समन्वय, सहकार्य र प्रवद्र्धन गर्ने मन्त्रालय नै हो । पछिल्लो समय छाता सङ्गठन, मजदुर सङ्गठन र व्यक्तिगत उद्योगी व्यवसायीहरूसँग छलफल गरेर मन्त्रालय सुधार योजना बनाएका छौँ । हाम्रो सबै संयन्त्रहरूलाई सक्रिय बनाएर निजी क्षेत्रको पनि निरन्तर प्रतिक्रिया लिने र सँगसँगै एउटै लेभलमा काम गर्नेगरी लागेका छौँ । मन्त्रालयले बजेट खर्च पनि नीतिगत समन्वय गर्ने र व्यापारमा भएका अवरोधहरू हटाउन लागिरहेका छौँ ।”

सरोकारवालाहरूले पछिल्लो समय केही कानुनी सुधार भएपनि सङ्घ र प्रदेश सरकारबीच समन्वय नहुँदा उद्योगहरू मर्कामा परेको समेत उल्लेख गरेका छन् ।