१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैनः गृहमन्त्री



अ+ अ-

पाेखरा ६ वैशाख । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो ।

सरकार सहमतिका साथ नै अघि बढीरहेको भन्दै उहाँले भन्नुुभयो, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।”

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उहाँले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पार्नुभयो ।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि ह्ुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गर्नुभयो ।

अघिल्लो पुस्तका साथै बर्तमान पुस्ताको अथक प्रयासबाट बर्तमान संविधान बनेको उल्लेख गर्दै उहाँले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उहाँले बर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गर्नुभयो ।

लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उहाँले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पार्नुभयो ।

संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रबृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढीने उहाँको भनाइ छ ।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उहाँले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

आँफू गृहमन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवम नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उहाँले जानकारी दिनुभयो ।

आवश्यक विभिन्न कानुनहरू संसदमा प्रस्तुत हुने गरी तयारी भएको उहाँले जानकारी दिनुुभयो । अपराध नियन्त्रण, लागु औषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रुपमा अघि बढेको उहाँले जानकारी दिनुभयो ।

गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उहाँले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताउनुभयो ।
शिक्षककका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिवद्ध भएको उहाँको भनाइ छ ।




भर्खरै