१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण शुक्रबार राती सुटुक्क पो गएका रहेछन् बालुवाटामा माधब नेपाल !



file
अ+ अ-

काठमाडौँ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

‘कुनै पदका लागि मेरो लडाइँ हैन, पार्टीको विचार र पद्धतिलाई राम्रो बनाउन र पार्टीमा संस्कार र संस्कृतिको विकासका लागि म लडिरहेको छु,’ नेपालले कान्तिपुरसँग भने, ‘पार्टी र सरकार दुवैले जनताको मन जित्नुपर्छ ।’

नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनुभएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले ०७५ जेठ २ को सहमतिअनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए । तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।

‘म मेरो प्रस्तावमा बालुवाटार गएको हैन, केपी ओली आफैंले कसैलाई नभन्नु भन्दै बोलाउनुभएको थियो, मैले त्यतिखेरै षड्यन्त्रको गन्ध पाइसकेपछि प्रचण्ड कमरेडलाई मलाई बोलाउनुभएको छ, म जाँदै छु भनिदिएँ,’ नेपालले भने, ‘भोलिपल्ट उहाँले प्रचण्ड नजिकको एक जनालाई तपाईं माधव नेपाललाई किन विश्वास गर्नुहुन्छ रु उहाँ सुटुक्क यहाँ आउनुभएको थियो भन्नुभएछ । म बुर्का र मास्क लगाएर गएको होइन, सुटुक्कै गएको पनि होइन ।’ ओली पक्षीय नेताहरूले ओली प्रधानमन्त्री रहँदासम्म महाधिवेशन हुन नदिने भनिरहेको उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।