२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण शुक्रबार राती सुटुक्क पो गएका रहेछन् बालुवाटामा माधब नेपाल !



file
अ+ अ-

काठमाडौँ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूले अहिले कुनै पनि पदका लागि बार्गेनिङ नगरेको प्रस्ट पारेका छन् । उनले पार्टीलाई विधि र पद्धतिबाट चलाउन आफू कटिबद्ध रहेको र अहिलेको छलफल र परामर्श पनि त्यसैका लागि केन्द्रित रहेको बताए ।

‘कुनै पदका लागि मेरो लडाइँ हैन, पार्टीको विचार र पद्धतिलाई राम्रो बनाउन र पार्टीमा संस्कार र संस्कृतिको विकासका लागि म लडिरहेको छु,’ नेपालले कान्तिपुरसँग भने, ‘पार्टी र सरकार दुवैले जनताको मन जित्नुपर्छ ।’

नेता नेपालले आफू र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच फाटो ल्याउन विभिन्न हल्ला चलाइएको बताएका छन् । ‘९ गते राति मलाई प्रधानमन्त्रीले नै फोन गरेर सुटुक्क आउनुस् भनेर बोलाउनुभएको थियो तर म उहाँले भनेझैं सुटुक्क गएको होइन,’ उनले भने, ‘त्यो बैठकमा उहाँलाई मैले ०७५ जेठ २ को सहमतिअनुसार सरकार छाड्नुस्, प्रचण्डजीलाई प्रधानमन्त्री बनाऔं भनें, उहाँले सम्भव छैन भन्नुभयो । पार्टी अध्यक्षबाट छोड्नुस् भनें, त्यो पनि सम्भव छैन भन्नुभयो । मैले तपाईंले भनेझैं मंसिरमा पार्टी महाधिवेशन गर्न सम्भव छैन भनेको हुँ तर मलाई अध्यक्ष बनाउन ग्यारेन्टी गर्नुस् भनेको हैन ।’

यसअघि ओली पक्षीय नेताहरूले दाहाल र नेपालबीच भएको भेटमा महाधिवेशनबाट नेपाललाई अध्यक्ष बनाउन ओलीले सघाउने र ओलीलाई पाँचै वर्ष प्रधानमन्त्रीमा नेपालले सघाउने विषयमा छलफल भएको बताएका थिए । तर नेपालका अनुसार उक्त बैठकमा पनि उनले मंसिरमा महाधिवेशन सम्भव नहुने तर्क राखेका थिए ।

‘म मेरो प्रस्तावमा बालुवाटार गएको हैन, केपी ओली आफैंले कसैलाई नभन्नु भन्दै बोलाउनुभएको थियो, मैले त्यतिखेरै षड्यन्त्रको गन्ध पाइसकेपछि प्रचण्ड कमरेडलाई मलाई बोलाउनुभएको छ, म जाँदै छु भनिदिएँ,’ नेपालले भने, ‘भोलिपल्ट उहाँले प्रचण्ड नजिकको एक जनालाई तपाईं माधव नेपाललाई किन विश्वास गर्नुहुन्छ रु उहाँ सुटुक्क यहाँ आउनुभएको थियो भन्नुभएछ । म बुर्का र मास्क लगाएर गएको होइन, सुटुक्कै गएको पनि होइन ।’ ओली पक्षीय नेताहरूले ओली प्रधानमन्त्री रहँदासम्म महाधिवेशन हुन नदिने भनिरहेको उनले बताए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।