९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा

विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
अ अ+ अ-

ढोरपाटन । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् ।

“हाम्रो गाउँमा पाँच-सात ठाउँमा वरपिपलका रुख थिए, मान्छेले बिहान–बिहान आएर पूज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरू हिँड्दा थकाइ मार्न एकछिन यसैको छहारीमा विश्रम लिन्थे, अहिले ती वरपिपल सबै बाटोले खायो, बटुवा पनि हिँड्न छोडे”, बागलुङको निसीखोला गाउँपालिका–४ का ८३ वर्षीय धनबहादुर मगरले मौलिक सम्पदा मासिँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । धार्मिक महत्त्वसँग जोडिएको वरपिपल मोटरबाटोले पुरिएपछि अहिले गाउँ उजाड जस्तै बनेको उहाँले बताउनुभयो ।

बुढापाकाले रुखबिरुवा नभएको ठाउँमा वरपिपल रोपेर धर्मकर्म गरे पनि अहिलेको पुस्तामा त्यो खालको सोच नभएको मगरको भनाइ छ । पछिल्लो समय गाउँका विकासका नाममा मौलिक सम्पदा मास्ने काम भएको भन्दै उहाँले गुनासो पोख्नुभयो ।

जथाभाबी रूपमा सडक निर्माण गर्दा बस्ती जोखिममा पर्नुका साथै धार्मिक आस्थासँग जोडिएका सम्पदा भत्काउने काम भइरहेको मगरले बताउनुभयो । अव्यवस्थित सडक निर्माणले गाउँको स्वरुप नै कुरुप बनाएको भन्दै यसलाई राज्यले व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आधुनिक प्रविधिको विकासले सञ्चालनमा रहेका सम्पदासमेत प्रयोगविहीन हुँदै गएका ढोरपाटन नगरपालिका–९ का कुलबहादुर पुनले बताउनुभयो । उहाँले डोजरे विकासले गाउँ, बस्ती र पर्यावरणमा असर पु¥याएको सुनाउनुभयो । सडक निर्माण गर्दा धेरै ठाउँमा पानीको मुहान सुक्ने समस्या भएको उहाँको भनाइ छ ।

ढोरपाटन जाने बाटैमा रहेको रुद्रतालमा पनि डोजर चलाउँदा अहिले सुक्दै गएको पुनले जानकारी दिनुभयो । रुद्रतालमा पूजा गरी स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहिआएको जनाउँदै उहाँले अहिले उक्त क्षेत्र संरक्षण हुन नसकेको गुनासो गर्नुभयो ।

पुनले भन्नुभयो, “रुद्रतालमा देवता छन् भन्थे, यहाँ कसैले पनि फोहर गर्दैनथ्ये, एक दशक अगाडिसम्म यहाँ ठूला ताल थियो, पानी पनि भरी हुन्थ्यो । अहिले डोजर लगाएपछि पानी सुकेको छ, पहिलेपहिले देशभरका भक्तजन यहाँ आएर पूजा गर्न, ध्वजा बाँध्ने र वर माग्ने गर्थे, यहाँ पूजा गर्दा दुःख, कष्ट र समस्या आइपर्दैन भन्ने विश्वास थियो, अहिले तालनै मासिने स्थितिमा पुग्यो ।”

पछिल्लो केही वर्षयता भरिया र स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त भएको स्थानीय प्रेमबहादुर बुढा मगरले बताउनुभयो । “सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटाइदियो”, उहाँले भन्नुभयो ।

बागलुङको पश्चिम क्षेत्रबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिने गरेको स्मरण गर्दै अहिले ती सम्पदा मासिएका बुढा मगरले उल्लेख गर्नुभयो ।

“सडकले सुविधा त दियो तर हाम्रो मौलिक संस्कृति र पहिचान भने मेटाउँदै गयो, पहिले हामी दुई साता लगाएर बटौली पुगेर नुन, तेल र चामल बोकेर आउँथ्यौँ, बाटोमा अहिलेको जस्तो होटल हुँदैनथे, धर्मशाला हुन्थे, त्यही धर्मशालामा रात कटाउँथ्यौ, अचेल पाँच(सात घण्टामा पुगिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो कुरा सुन्दा नयाँ पुस्ता छक्क पर्छन्, पाटीपौवा, धर्मशाला र चौतारा भन्ने बुझ्दैनन् ।”

मौलिक परम्परा र संस्कृतिसँग जोडिएका सम्पदाको राज्य, स्थानीय सरकार र सरोकार भएका सबैको पहलमा संरक्षण र सम्बर्द्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।