७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

कानुन बुझेका कर्मचारीकाे अभाव झेलिरहेकाे प्रदेश कानुन मन्त्रीहरूकाे गुनासाे

कानुन बुझेका कर्मचारीकाे अभाव झेलिरहेकाे प्रदेश कानुन मन्त्रीहरूकाे गुनासाे
अ+ अ-

काठमाडाैंः प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुले संघबाट दक्ष र क्षमतावान कर्मचारीहरु प्रदेशमा नपठाउने गरेको गुनासो गरेका छन् ।

प्रदेशको शान्ति सुरक्षा र कानून निर्माणका लागि महत्वपूर्ण मन्त्रालयमा संघले पठाउने कर्मचारीहरु दक्ष र अनुभवी नहुदा समस्या हुने गरेको गुनासो मन्त्रीहरुले गरेका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको छलफलमा प्रदेशका मन्त्रीहरुले अनुभवि र दक्ष कर्मचारी संघमा राख्ने र कुनै अनुभव नै नभएका नयाँ कर्मचारीहरुलाई प्रदेशमा पठाउने काम बन्द गर्न आग्रह गरेका छन् ।

प्रदेश नम्बर १ का कानून मन्त्री हिक्मत कार्कीले संघिय मन्त्रालयबाट कानून ड्राफ्टका लागि कर्मचारी सहयोग भएपनि कमजोर मान्छे पठाउने गरेको गुनासो गर्नुभयो । संघले समयमा आफ्नो भूमिका निर्वाह नगर्दा कानून निर्माण र काम गर्ने सवालमा जटिलता र जनशक्ति अभाव भइरहेको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर २ का कानूनमन्त्री ज्ञानेन्द्र यादवले कमजोर कर्मचारीलाई प्रदेशमा पठाउने र अनुभवी हुँदै गएपछि संघमा फिर्ता बोलाउने वा अन्यत्र सरुवा गर्ने प्रवृति रोक्न आग्रह गर्नुभयो । प्रदेशमा दक्ष, क्षमतावान कानूनको ड्राफ्ट बनाउने अधिृकत संघले पठाएमा प्रदेशलाई सहयोग हुने र संघियतालाई समेत बल पुग्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका कानूनमन्त्री हरि बहादुर चुमानले संघियता सुदृढ हुनुभन्दा एकात्मक शासन लागू भएको अनुभूति आफूलाई भइरहेको बताउनुभयो । जिल्ला समन्वय महासंघ, गाउँपालिका महासंघ र नगरपालिका संघ जस्ता संगठन के का लागि भन्दै उहाँले प्रश्न गर्नुभयो । संविधानमा व्यवस्था नै नभएका संगठनहरुलाई संघिय सरकारले कानूनमा घुसाएर ‘एनजीओ’ रुपमा विकास गर्न खोजेको आरोप उहाँले लगाउनुभयो ।

प्रदेश नम्बर ५ का कानूनमन्त्री कुलप्रसाद केसी संघियताको मेरुदण्डका रुपमा रहेको निजामति क्षेत्र भएकाले ऐनको टुंगो चाँडो लगाउनु आग्रह गर्नुभयो । कर्मचारी अभावमा काम गर्न समस्या भएको उल्लेख गर्दै उहाँले संघले बनाएका नीतिअनुसार स्थानीय तहले कानून बनाउँदा प्राकृति स्रोतको दोहोन बढेको आरोप समेत लगाउनुभो । गिट्टी, बालुवा र ढंगा उत्खनन सम्बन्धि नियमहरुले दोहोन बढाएको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका कानून मन्त्री नरेश भण्डारीले अहिले प्रदेशमा जनशक्ति अभाव रहेको र भएको जनशक्ति पनि नयाँ सिकारु हुँदा समस्या भएको बताउनुभयो । प्रदेशमा परीक्षणकालका लागि मात्रै कर्मचारी पठाउने र काम गर्न सक्ने भएपछि अन्यत्र सरुवा गर्ने गरिएका कारण समस्या भएको उहाँले बताउनुभयो ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले प्रदेशहरुमा पठाइने उपयुक्त जनशक्ति व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी टुंगो लगाउने आश्वासन दिनुभयो । छलफलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका कानूनमन्त्रीहरुको सहभागिता थिएन ।