२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस



अ+ अ-

काठमाडौँ । विश्व सम्पदा दिवस मनाइएको छ । सम्पदाको संरक्षणका लागि जनचेतना जगाउँदै आज काठमाडौंमा विश्व सम्पदा दिवस मनाइएको हो ।

१८ अप्रिललाई हरेक वर्ष विश्व सम्पदा दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था ९युनेस्को० अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं ९वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू०, लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । सोही अवसरमा आज काठमाडौंको स्वयम्भूनाथ मन्दिरदेखि वसन्तपुरसम्म सम्पदा पदयात्रा गरिएको छ ।

पदयात्रा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ब्द्रिप्रसाद पाण्डे, संस्कृतिकर्मी एवं सांस्कृतिक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको छ ।