९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सेटमै झगडा गरेपछि असीमलाई ‘ब्याटलग्राउन्ड’बाट पनि निकालिदै !

सेटमै झगडा गरेपछि असीमलाई ‘ब्याटलग्राउन्ड’बाट पनि निकालिदै !
अ अ+ अ-

एजेन्सी । खतरों के खिलाडी १४ पछि अब असीम रियाजलाई टिभी रियालिटी शो ब्याटलग्राउन्डबाट पनि बाहिर निकाल्ने सम्भावना रहेको छ । केही समय अघि, उनको र रुबिना दिलाइकको कार्यक्रममा ठूलो झगडा भएको थियो । झगडा यति बढ्यो कि निर्माण टोलीले छायांकन बीचैमा नै रोकेको थियो । असीमलाई उनको व्यवहारका कारण ब्याटलग्राउन्डबाट बाहिर निकालिएको बताईएको छ ।

इन्डिया टुडेको अनुसार अप्रिल १६ मा सुटिङको क्रममा असिम रियाज र रुबिना दिलाइकबीच झगडा भएको थियो । सुरुमा यो सामान्य झगडा जस्तो देखिन्थ्यो, तर त्यसपछि झगडा बढ्दै गयो । रुबिना असिम र अभिषेक बीचको झगडा समाधान गर्न आएकी भए पनि असिमले झगडाको क्रममा रुबिनालाई गाली र अपमान गरे । झगडा बढ्दै गयो र सबैजना रिसाउँदै आ-आफ्नो भ्यानिटी भ्यानमा गए ।

निर्माताले असिमलाई सम्झाउन धेरै प्रयास गरेपनि उनी शान्त नभएको र उल्टै झगडा बढाएको बताईएको छ । यो झगडाले कार्यक्रमको निर्माणलाई पनि असर गर्यो र निर्माताहरूले कार्यक्रमको छायांकन नै रद्द गरे ।

रोहित शेट्टीसँग झगडापछि उनलाई खतरों के खिलाडीबाट पनि हटाइएको थियो

गत वर्ष असीम रियाजले खतरों के खिलाडी १४ मा प्रतियोगीको रूपमा भाग लिएका थिए ।असिम शोका एक बलियो प्रतिस्पर्धी थिए तर उनी शोको बीचमा नै बाहिरिए । रोमानियामा भएको छायांकनमा एउटा स्टन्ट शो पछि असिमको सह(प्रतियोगी शालिन भनोट र अभिषेक कुमारसँग ठूलो झगडा भयो।

झगडा यति बढ्यो कि झडपको अवस्था सिर्जना भयो । शोका होस्ट रोहित असिमलाई नियन्त्रण गर्न आउदा उनीसँग पनि दुर्व्यवहार गरेपछि असिमलाई शोबाट हटाइएको थियो ।

असिम रियाज बिग बोस १३ बाट चर्चा पाएका थिए। उक्त सिजनमा सिद्धार्थ शुक्लासँगको उनको मित्रता र झगडाको धेरै चर्चा भएको थियो । यो कार्यक्रम सिद्धार्थ शुक्लाले जितेका थिए भने असीम रियाज उपविजेता भएका थिए । यसपछि उनी धेरै संगीत एल्बमहरूमा पनि देखा परेका छन् ।