२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा



अ+ अ-

एजेन्सी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ ।

बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाउनु भयो । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किन हाम्रो देशमा सधैं संघर्ष हुन्छ । कहिले सडक आन्दोलन, कहिले धर्ना । किन हामी यसमा समय खर्च गरिरहेका छौं ? यो एउटा गम्भिर प्रश्न बन्दै गएको छ । कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो कि । जहिले पनि एउटा किसिमको असहज परिस्थिति बनाइराख्ने, यो पुगेको छैन, त्यो पुगेको छैन, देश खत्तम भयो भन्ने सोचको विकास गरेर लग्ने यो हामी राजनीति गर्नेहरुकै दोष हो कि जस्तो पनि लाग्छ । अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देशहरु गए । धेरै देशको मान्छेहरुसँग मैले आफ्नो कुराहरु आदान प्रदान गर्ने मौका पाए । तर अहिलेसम्म एउटा मान्छे पनि भेटिन जसले तिम्रो देश खत्तम भयो, विकास भएको छैन, तिमीहरुको देशमा आउँदिन भन्ने एउटा पनि मान्छे भेटिनँ । हामी नेपालीलाई हेर्ने दुनियाको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौं ।’

सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।