३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा



अ+ अ-

एजेन्सी । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताउनुभएको छ ।

बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गर्नुभयो । उहाँले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाउनु भयो । नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किन हाम्रो देशमा सधैं संघर्ष हुन्छ । कहिले सडक आन्दोलन, कहिले धर्ना । किन हामी यसमा समय खर्च गरिरहेका छौं ? यो एउटा गम्भिर प्रश्न बन्दै गएको छ । कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो कि । जहिले पनि एउटा किसिमको असहज परिस्थिति बनाइराख्ने, यो पुगेको छैन, त्यो पुगेको छैन, देश खत्तम भयो भन्ने सोचको विकास गरेर लग्ने यो हामी राजनीति गर्नेहरुकै दोष हो कि जस्तो पनि लाग्छ । अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देशहरु गए । धेरै देशको मान्छेहरुसँग मैले आफ्नो कुराहरु आदान प्रदान गर्ने मौका पाए । तर अहिलेसम्म एउटा मान्छे पनि भेटिन जसले तिम्रो देश खत्तम भयो, विकास भएको छैन, तिमीहरुको देशमा आउँदिन भन्ने एउटा पनि मान्छे भेटिनँ । हामी नेपालीलाई हेर्ने दुनियाको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौं ।’

सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।