९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ढाकावाङका किसानलाई मौरी वितरण

ढाकावाङका किसानलाई मौरी वितरण
अ अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ । प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो ।

यहाँ आयोजित एक कार्यक्रमकाबीच भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गर्नुभएको हो ।

नगरप्रमुुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न किसानलाई आग्रह गर्दै व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बावजुद नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीसहित आवश्यक सामग्री वितरण गरेको बताउनुभयो ।

नगरउपप्रमुख बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाललगायतले मौरीपालन पेसा सहजै जस्तो भए पनि किसानले चरनको समस्या झेल्ने गरेका बताउनुभयो । मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडाखालका विषादी प्रयोग घटाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

सहकारीमा आबद्ध एक सय किसानलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपरसहित माहुरी घार, चार सय २५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, तीन सय थान लेवलिङ छपाइ, स्ट्याण्डलगायत सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार ती सामग्री वितरणपूर्व किसानलाई दुई दिने तालिमसमेत दिइएको थियो ।

अनुदानमा मौरीसहित सामग्री पाएसँगै किसान उत्साहित हुँदै खुसी व्यक्त गरेका छन् । मौरीपालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ ।

कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, वडा नं १ का वडाध्यक्ष गोपालप्रसाद खनाल, वडा नं ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, कर्मचारी र किसानको उपस्थिति थियो ।