१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताउनु भयो ।

जनतामा फेरि माओवादी केन्द्रप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उहाँको भनाइ छ । उहाँले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए काँग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाँही ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बेल्कुल होइन ।

हामी अब फेरि त्यो त्रुटी गर्ने पक्षमा छैनौं । यदी कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म काँग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचार विरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए । या केही भ्रष्टचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्ने वाला नै थिएन । ’

उहाँले माओवादी केन्द्रले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताउनु भयो । उहाँले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताउनु भयो ।