२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको जनजीवन सामान्य हुँदै



फाईल फोटो
अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उहाँले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिनुभयो ।