१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई पन्छाउँदै आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । इङ्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब रियल मड्रीडलाई २-१ ले हराउँदै समग्रमा ५-१ को नतिजासहित आर्सनलले सेमिफाइनलको टिकट काटेको हो ।

रियलको घरेलु मैदान सान्टीयागो बर्नबेउमा खेलको १३ औं मिनेटमा नै आर्सनलले अग्रता बनाउने अवसर गुमायो ।

बुकायो साकाले पेनाल्टीमा गोल गर्न चुक्दा आर्सनलले अग्रता लिने अवसर गुमाएको हो । तर दोस्रो हाफमा ६५ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै रियलले बराबरी गोल फर्कायो ।

आर्सनलका डिफेन्डर विलियम सलिबाले गरेको गल्तीको फाइदा उठाउँदै भिनीसियस जुनियरले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।

यता थप समयमा गाब्रीयल मार्टीनेलीले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाउँदा आर्सनल एग्रीगेटमा ५-१ को नतिजासहित सेमिफाइनल पुग्यो ।

अब आर्सनलले सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ ।

यसैबीच क्वाटरफाइनलकै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी खेल्दै समग्रमा ४-३ को नतिजासहित इटालियन क्लब इन्टर मिलान पनि सेमिफाइनलमा प्रवेश गर्यो ।

उसले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ ।