२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ नयाँ भर्सनमा



अ+ अ-

काठमाडौं । ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ले नयाँ भर्सनमा सार्वजनिक भएको छ ।

यसअघि यो गीत फिल्म ‘दैव संजोग’मा समेटिएको सो गीत प्रदर्शन तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’मा समेटिएको छ ।

बुधबार काठमाडौमा अआयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । गीतमा शम्भुजीत बासकोटाको स्वर, शब्द र संगीत छ भने नयाँ पुस्ताका गायीका रचना रिमालले साथ दिएकी छिन् । पुरानो भर्सनमा शम्भुजीत र देविका बन्दनाको स्वर रहेको थियो । गीत सुन्दा धेरै दर्शकले पुराना यादलाई ताजा महसुस गर्ने श्रष्टा बासकोटाले जानकारी दिनुभयो ।

नयाँ गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का गीतमा प्रस्तुत छन् ।

दीवाकर भट्टराईको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरीको पनि अभिनय छ । ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ ।