५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गर्नुभयो ।

उहाँले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताउनु भयो । उहाँले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिनुभएको शुभकामनाप्रति असुन्तुष्टि जनाउनु भयो । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बद्मासी गर्न खोजिरहेको आरोप लगाउनु भयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, ‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माईतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् । इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् ।

उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन । तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

अध्यक्ष ठाकुरले आफूहरु अझै पनि संघर्षमै रहेको जिकिर गर्नुभयो ।