१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा साइकलमा सवारलाई ‘लछारपछार गर्ने’ नगरप्रहरी कारबाहीमा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कवाडी संकलकलाई लछारपछार गरेको आरोपमा नगर प्रहरीलाई कारबाही गरेको छ ।

बुधबार बिहान साइकलमा हिँडिरहेका कवाडी संकलकलाई लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ ।

काठमाडौं महानगरपालिका–४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो ।

महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको जानकारी दिए ।

पदमुक्त गरिएका प्रहरीको नाम भने खुलाइएको छैन ।