११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणका लागि प्रदेश २ सरकारद्वारा थप ७ करोड निकासा



अ+ अ-

जनकपुरधाम । प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरुको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।

बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५र७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०र५० लाख निकासा गरिएको छ ।